काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेका छन्। लामो राजनीतिक परामर्श र रणनीतिक छलफलपछि घिसिङले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने निष्कर्ष निकालेका हुन्।
मन्त्री घिसिङ निकट स्रोतका अनुसार, दल दर्ता गर्ने सम्बन्धमा **अन्तिम टुंगो आज (सोमबार) वा भोलि (मङ्गलबार)**सम्ममा लाग्नेछ। सुरुमा उनले कुनै अर्को व्यक्तिको नाममा दल दर्ता गरी आगामी प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व सम्हाल्ने योजना बनाएका थिए। सो अवधिमा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको नाममा दल दर्ता गर्ने प्रस्ताव समेत आएको थियो।
तर पछिल्ला दिनमा भएका आन्तरिक छलफल, विशेषगरी आइतबार बसेको निर्णायक बैठकपछि घिसिङले आफैंको नेतृत्वमा अहिले नै दल घोषणा गर्ने निष्कर्ष निकालेका छन्। स्रोतका अनुसार, पार्टी कात्तिक १९ गते (बुधबार) दर्ता गर्ने तयारी भइरहेको छ।
पार्टीको नामका विषयमा अन्तिम निर्णय नहुँदा पनि ‘उज्यालो नेपाल’ र ‘नेपाल विकास दल’ जस्ता नामहरू छलफलमा रहेको बताइएको छ। घिसिङ स्वयं ‘उज्यालो नेपाल’ नाम र ‘बिजुलीको चिम’ चुनाव चिह्नप्रति सकारात्मक देखिएका छन्।
स्रोतका अनुसार, दल दर्ता भएपछि घिसिङलाई अध्यक्ष बनाइनेछ भने प्रारम्भिक संरचनामा सहभागी हुने सबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने योजना तयार गरिएको छ।
पछिल्ला महिनाहरूमा मन्त्री घिसिङले सरकारी जिम्मेवारीसँगै आफ्नो राजनीतिक भविष्यबारे परामर्श र गृहकार्य तीव्र पारेका छन्। ऊर्जा क्षेत्रमा लोकप्रिय छवि भएका उनले राजनीतिक विकल्पको खोजी गर्दै नयाँ दलमार्फत ‘विकास र सुशासन’ केन्द्रित राजनीति गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: