Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

प्रचण्ड-नेपाल एकताको निधोमा पुग्दा दुवैको पार्टी विभाजित, भुईँको टिप्न खोज्दा पोल्टाको झर्दै ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिवारको बैठकमा नेता जनार्दन शर्माले बिदाइ मन्तव्य जस्तै गरेर आफ्नो धारणा राखेर निस्किएको नेताहरूले जनाएका छन्।

नेता हरिबोल गजुरेलले पार्टीबाट अलग हुने सङ्केत दिने गरी शर्माले धारणा राखेको बताए। "उहाँले पृष्ठभूमि बाँध्दै प्रचण्डसँग लामो राजनीतिक सहकार्य भयो, अब सकिए जस्तो छ भन्ने मन्तव्य राख्नु भएको थियो," गजुरेलले बताए।

शर्मा निकट अर्का नेता सुदन किरातीका अनुसार नेकपा एकीकृत समाजवादीसँगको एकता स्वीकार गर्न उनीहरू तयार छैनन्।

"हामी विगतमा भएका गल्ती र कमजोरीप्रति क्षमा माग्दै अब नदोहर्‍याउने बाचाका साथ सहिदको सपना र बाँकी अभिभारा पूरा गर्ने गरी अघि बढ्छौँ," किरातीले बताए।

नेकपा माओवादी केन्द्रका नेताहरू शर्मा सहितको समूहले नयाँ पार्टी बनाउनकै निम्ति दस्ताबेज लेखन पनि सुरु गरिसकेको बताउँछन्। "उहाँहरू टाढा पुगिसके जस्तै छ," नेता गजुरेलले बताए।

निशानामा किन माधव नेपाल?

माओवादी केन्द्रभित्र विवाद र मतभेद चलिरहेकै थियो। तर प्रचण्डले जब नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय लिए त्यसले आगोमा घ्यु थप्ने काम गरेको देखिन्छ।

नेता राम कार्कीका भनाइमा माधवकुमार नेपालको पार्टी नै बनिसकेको थिएन, त्यो बाटोमै थियो।

"दोस्रो कुरा माधव नेपालजीलाई जुन अभियोग लागेको छ, कम्तीमा अदालतको निर्णय पर्खिन सकिन्थ्यो," कार्की भन्छन्, "नवयुवाहरूको सबैभन्दा ठूलो चाहना भनेकै भ्रष्टाचारमुक्त नेपाल, अनि हामीले त्यही मुद्दा लागेका मान्छेलाई शिरमा राख्ने त?"

नेता किरातीले पनि कसैको रक्षा कबजको निम्ति पार्टी एकता गर्न लागिएको बताए।

उनका भनाइमा पार्टीभित्रै पुनर्संरचना र पुनर्गठनका मुद्दाहरू उठेका थिए र त्यसको सम्बोधन गरेर एकताबद्ध पार्टी निर्माण अहिलेको आवश्यकता थियो, त्यसपछि बृहत् वामपन्थी एकता र सहकार्यको कुरा अघि बढाइनु पर्थ्यो।

तर नेता गजुरेलले माधवकुमार नेपालको विषय बहाना मात्र भएको टिप्पणी गरेका छन्।

भुईँको टिप्न खोज्दा पोल्टाको झर्दै?

कतिपय मानिसहरू प्रचण्डले आफ्नै पार्टीमा विभाजित हुने गरी अरूसँगको एकता रोज्नुलाई भुईँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्थासँग चित्रण गर्छन्।

किन कि मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराई लगायतका नेतापछि माओवादी सशस्त्र द्वन्द्वकालदेखिका अन्य नेता पनि अलग हुने अवस्था देखिन्छ।

तर प्रचण्ड निकट नेता गजुरेल जेन जी आन्दोलनपछिको अवस्थालाई २०४६ सालको परिवर्तनपछिको स्थितिसँग जोड्छन्।

"त्यो बेला माओवादी विचार समूहहरूसँग एकता नगरेको भए जनयुद्धको पृष्ठभूमि तयार हुने थिएन," उनको भनाइ छ, "अहिले पनि ध्रुवीकरणको नेतृत्व हामीले नगर्दा गलत दिशातर्फ ध्रुवीकरण हुने जोखिम रहन्छ। त्यसैले चौतर्फी ध्रुवीकरणको यो बेला मिल्ने र जुट्ने कुरा स्वाभाविक हो।"

उनका भनाइमा विभाजनको जोखिम देखिए पनि एकताको निर्णयबाट माओवादी केन्द्र अब पछाडि फर्किँदैन।

माओवादी विभाजनपछिको योजना

नेता राम कार्की आफूहरूले पहिल्यैदेखि भन्दै आएको 'पुराना सबै पार्टीहरू विघटन भइसकेको र उनीहरू सबै यथास्थितिवादी रहेको' बिचारसँग अहिलेको परिस्थितिसँग जोड्छन्।

उनका भनाइमा अहिले सुकुम्वासी, असङ्गठित मजदुर र थोरै तलबमा जीवनयापन गर्नेहरूको पार्टीनै छैनन्।

"अहिलेका पार्टी कसैलाई सोध्नुस्, १५ वर्षपछि कस्तो नेपाल बनाउनुहुन्छ, कस्तो शिक्षित जनशक्ति चाहिन्छ, कृषि र उद्योग नीति के हो र शिक्षामा कस्तो परिवर्तन चाहनुहुन्छ, केही पनि छैन," उनी भन्छन्, "त्यसैले हामी अग्रगामी प्रगतिशील सोच सहितको अभियान चलाउँछौँ।"

अब नयाँ आधारमा नयाँ पार्टी बन्ने उनको भनाइ छ। त्यसको निम्ति विभिन्न छलफलहरू चलाउने उनले जानकारी दिए। "अब विभिन्न सामाजिक वर्गले आआफ्नो राजनीतिक प्रतिनिधि छान्ने बेला आयो," कार्कीको विश्लेषण छ।

प्रचण्डले माओवादी छाडेको भन्दै असन्तुष्टि उत्पन्न भएको पनि कतिपयको बुझाइ पाइन्छ।

माओवादी केन्द्रको सङ्गठनमा बलियो पकड रहेको बताइने जनार्दन शर्माले असन्तुष्ट पक्षको नेतृत्व गर्ने र नेत्रविक्रम चन्द लगायतका दलहरूसँग एकताको पहल गर्ने आकलन पनि पाइन्छ।

तर नेता गजुरेलले शर्माको साङ्गठनिक पकड बिस्तारै कमजोर भएको दाबी गर्दै भने, "माओवादी छाड्ने गरी नेकपा एमालेसँग एकीकरण गर्दा दस्ताबेज तयार गर्ने काम उहाँले गरेको हो, त्यस बेला पनि पार्टीको विधि र प्रक्रिया ख्याल नगरिएकै हो।"

दुवैतर्फ चिराचिरा?

शर्मा निकट मानिने कोशी प्रदेश सभाका सदस्य इन्द्र आङ्बोले पार्टी एकताको निर्णयको पक्षमा उभिएको बताए।

उनले भने, "हामीले पनि जनार्दनजीले उठाउँदै आएको मुद्दाहरूलाई साथ दिइरहेकै हो, अहिले पनि ती विषयवस्तु सहित एकता गरौँ, त्यहीँ छलफल गरौँ, त्यहीँ लडौँ भन्ने हाम्रो धारणा हो। तर एकताको विपक्षमा उभिने कदमलाई साथ दिन सकिन्न।"

उनले शर्मा लगायतका नेताको अडानले विभाजनको बाटो लिएको देखिएको बताए। "उहाँहरूले यो एकता स्विकार्दिनँ भन्ने, अनि एकता हुने निश्चित भइसकेपछि त अलि टाढै पुग्ने भइहाल्यो," नेता आङ्बोले बताए।

एकता घोषणा कार्तिक १९ गते गर्ने निर्णय भएको छ। त्यसमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ८ वटा पार्टी र समूह छन्।

माओवादीमा जस्तै नेपालको पार्टीमा पनि विग्रह देखिएको छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि एकताभन्दा बाहिर नै छन्।

उनीहरू पार्टी पुनर्गठन गर्ने योजनामा रहेको बताइन्छ। तर एकताको निर्णयमा असहमत देखिएका कतिपय नेताहरूले उनीहरूलाई पनि साथ नदिने निर्णयमा पुगेको बताएका छन्।

"हामी कि एकतालाई साथ दिन्छौँ, कि पुरानै घर एमालेमा फर्किन्छौँ," पूर्व सांसद किसान श्रेष्ठले भने, "साथीहरूसँग छलफलमै छौँ, मूल घरमा फर्किन पनि बाटोघाटो चार लेनको पिच हुनुपर्‍यो।"

तल्लो तहदेखिका नेता कार्यकर्ताले एमालेमै फर्किनु पर्ने दबाव दिइरहेको उनले जनकारी दिए। "तर बीचमा अल्झिन्नौँ, जता गए पनि एक्सप्रेस बस चढेर हिँड्छौँ," नेता श्रेष्ठले योजना सुनाए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending