Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बाँकेमा छ हजारभन्दा बढी सवारीसाधन कारबाही, ४९ लाख राजस्व सङ्कलन

खबरडबली संवाददाता

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । सोही अवधिमा ४९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार साउनदेखि कात्तिकसम्म नियमविपरीत सञ्चालनमा रहेका ६ हजार ४२५ वटा सवारीसाधनलाई कारबाही गरिएको हो । यसबाट ४९ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।

“ट्राफिक प्रहरीको काम केवल कारबाही र राजस्व सङ्कलन गर्नु मात्रै होइन,” प्रमुख शाहीले भने, “हामीले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना तथा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै नागरिकलाई सचेत बनाइरहेका छौं ।”

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३५१ वटा सवारी दुर्घटना भएका छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ भने ६४७ जना घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा ३१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा ३० हजार ८७१ जना सहभागी भएका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्त रूपमा सञ्चालन गरेको ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही अभियान’ अन्तर्गत पछिल्ला ९ दिनमा ३८ वटा यात्रुवाहक इभी गाडी र १९ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीका अनुसार कात्तिक ७ देखि १५ गतेसम्म सञ्चालन गरिएको सो अभियानमा नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसारमा संलग्न इभी गाडीहरू नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय नेपालगन्ज पठाइएको हो ।

त्यसैगरी, स्वरूप परिवर्तन (मोडिफाइड) गरी ध्वनि प्रदूषण गर्ने १९ वटा मोटरसाइकल नियन्त्रणमा लिइ पुनः पुरानै अवस्थामा बनाउन निर्देशन दिइएको र जरिवाना गरी छोडिएको पनि उनले जानकारी दिए । प्रहरीका अनुसार स्वरूप परिवर्तन, ध्वनि प्रदूषण र होहल्ला गर्दै सडकमा गुड्ने मोटरसाइकलविरुद्ध हाल पनि संयुक्त अभियान सञ्चालन भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending