सप्तरी। सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ। त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय शत्रुघन मुखिया।
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी, राजविराजबाट फरार भएका मुखिया केही सातापछि विवाह गरेर पुन: आफैं कारागार फर्किए ।
मुखियाले नवविवाहिता दुलही भनेर कारागार जाँदा पीडित किशोरीलाई नै लिएर गए। यो साधारण घटना जस्तो लागे पनि सामाजिक र कानुनी दृष्टिले अत्यन्त जटिल छ। शत्रुघनले दुई वर्ष अघि एक किशोरीको बलात्कारको आरोपमा सप्तरी जिल्ला अदालतबाट १२ वर्ष कैद सजाय पाएको थियो। त्यतिबेला पीडितका रुपमा उभिएकी किशोरीलाई नै श्रीमती भन्दै सार्वजनिक गरेको हो।
गत भदौ २५ गते कारागारबाट भागेका शत्रुघनले अर्को दिन भदौ २६ गते स्थानीय कमलामाई मन्दिरमा ज्योतिसँग विवाह गरेको दाबी गरेको हो। गाउँका भरभलादमीको रोहबरमा भएको विवाहपछि भएको उनको दाबी छ।
कारागार प्रशासनले २० असोजसम्म आत्मसमर्पण गर्न सूचना जारी गरेपछि उनी सोही दिन आफैं कारागार कार्यालय सप्तरीमा दुई वर्ष अघिकी पीडित किशोरीलाई लिएर आत्मसमर्पण गर्न पुगेको हो।
कारागार फर्किदै गर्दा मुखियाले भने “हामी प्रेममा थियौं, जबरजस्ती करणी थिएन।” दुई वर्षअघि सप्तरी जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर गर्दै शत्रुघनलाई १२ वर्ष कैद सजाय सुनाएको छ।
आफूहरुबीच प्रेम रहेको शत्रुघनको भनाइ छ। यता अदालतले बिहे गर्ने उमेर नपुगेको तथा पीडित पक्षको उजुरी तथा प्रहरी प्रतिवेदनको आधारमा जबरजस्ती करणी मुदामा सजाय तोकेपछि उहाँ जेल चलान भएको हो। अहिलेसमेत पीडित किशोरीको उमेर १९ वर्ष मात्र बताइएको छ। मुखियाले अहिले उच्च अदालत जनकपुर–राजविराज इजलाससमक्ष पुनरावेदन गरेको दाबी गरेको छन्।
सुरुमा शत्रुघनका अभिभावकले प्रेम सम्बन्धलाई विवाहको रुप दिन अस्वीकार गर्दा आफ्ना अभिभावकले शत्रुघनविरुद्ध बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरी दिएको किशोरीको भनाइ छ। अहिले पनि किशोरीका अभिभावकले विवाह स्वीकार गरेका छैनन्।
फरार भएर पनि शत्रुघन स्वेच्छाले कारागार फर्किनु सकारात्मक कदम भए पनि सजाय पूरा गर्न अझ करिब १० वर्ष बाँकी रहेको कारागार कार्यालय सप्तरीका प्रमुख गङ्गालाल योगीले बताए।
मुलुकी ऐनले २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था छ। फरक परिस्थितिमा अदालतले मानवीय दृष्टिकोणबाट पुनर्विचार गर्न सक्ने सम्भावना रहेको कानुन व्यवसायी सतीशकुमार दत्तले बताए।
केटा र केटी दुवै पक्षका अभिभावक यसमा सकारात्मक हुनु जरुरी रहेको उनले सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १२:२७
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...
श्रावण ७ गते, २०८३ - १२:१८
काठमाडौँ । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्य...
श्रावण ७ गते, २०८३ - १२:०२
सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न...
श्रावण ७ गते, २०८३ - ११:४२
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले ...
श्रावण ७ गते, २०८३ - ११:१६
मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्...
श्रावण ७ गते, २०८३ - ११:०७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो । नेपाल सुनचाँदी...
श्रावण ७ गते, २०८३ - ११:०१
तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक ...
श्रावण ७ गते, २०८३ - १०:४३
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसाय...
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...



प्रतिकृया लेख्नुहोस्: