काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराँतीले नेकपा (एस) सहित साना दलहरूसँगको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै त्यसलाई तत्काल रोक्न माग गरेका छन्।
किराँतीले सामाजिक सञ्जालमार्फत पाँच बुँदे प्रस्ताव सार्वजनिक गर्दै भनेका छन्— “उपरोक्त विषयमा लिखित प्रतिबद्धता भएपछि मात्र यात्रासँगै गर्न सकिन्छ।”
उनका अनुसार अहिले भइरहेको एकता प्रक्रिया पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावना विपरीत छ। भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन भइरहेका बेला भइरहेको एकता प्रयास ‘अपूर्ण र अपवित्र’ भएको उनले उल्लेख गरेका छन्।
किराँतीले माओवादी पार्टीभित्र रूपान्तरणका लागि पाँच बुँदे विकल्पसमेत प्रस्ताव गरेका छन् —
१. विधान संशोधन गरेर नयाँ संरचना निर्माण गर्नुपर्ने, आवश्यक परे संरक्षकले पार्टी विघटन गरी अधिवेशन घोषणा गर्न सक्ने व्यवस्था गर्नुपर्ने।
२. अपूर्ण र अपवित्र (भ्रष्टाचारसम्बन्धी मुद्दा चलिरहेका बेला) एकता प्रक्रिया तत्काल रोक्नुपर्ने।
३. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीको संरचना “निर्देशक कमिटी” मा बदल्नुपर्ने।
४. स्थायी समितिदेखि अग्रज नेतासम्मको केन्द्रीय राजनीतिक समिति बनाइ, राष्ट्रिय महत्वका निर्णय र सांसद छनोट गर्ने अधिकार सो समितिलाई विधानमै व्यवस्था गर्नुपर्ने।
५. तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिई, पुरानो पुस्ताको अनुभव र नयाँ (जेन–जी) पुस्ताको ऊर्जा जोड्ने “पुलको भूमिका” दिलाउनुपर्ने।
किराँतीका अनुसार यी बुँदाहरू माओवादी पार्टीको रूपान्तरणका विकल्प हुन्। उनले लेखेका छन्, *“पार्टी रूपान्तरण बिना कुनै पनि एकता यात्राको अर्थ छैन।”*
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: