काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको पृष्ठभूमिमा नेकपा एमालेभित्र फेरि एकपटक अवसरवादी नाटक सुरु भएको छ ।
पार्टी फुटको जिम्मेवारी आफैंले वहन गर्नुपर्ने अवस्थामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत विगतमा एमाले छोडेका कार्यकर्तालाई “घर फर्किन” गरेको आह्वान राजनीतिक वृत्तमा नौलो होइन, तर ‘ढोक्सो थाप्ने चाल’ मात्र भएको टिप्पणी भित्रैबाट आएको छ ।
एमालेबाट लखेटिएका पूर्वउपाध्यक्ष भीम रावलले ओलीको उक्त भनाइलाई तीव्र आलोचना गर्दै भनेका छन्, “एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त ओलीले सबैलाई फर्किन आग्रह गरेको देखियो । साँच्चिकै देशभक्तिपूर्ण बाटोमा पार्टीलाई अघि बढाउने सोच भएको भए, पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक लगाएको अन्याय सच्याउनुपर्ने थियो ।”
रावलका अनुसार, ओलीको पछिल्लो अभियानमा कुनै विचारधारात्मक स्पष्टता छैन, बरु माओवादीमा नजान चाहने समाजवादी कार्यकर्तामाथि प्रभाव पार्ने चाल मात्र हो । उनले भने, “विगतका गल्ती र राष्ट्रले भोगेको क्षतिको जिम्मेवारी लिनुको साटो, ओली फेरि भ्रम फैलाउने र शब्दजाल प्रयोग गरेर सत्ता मोह लुकाउने काममा लागेका छन् ।”
राजनीतिक विश्लेषकहरू पनि ओलीको ‘घर फर्क’ अभियानलाई आत्मसमीक्षा होइन, सत्ता समीकरणमा आफूलाई पुनः केन्द्रमा राख्ने प्रयासका रूपमा व्याख्या गर्छन् । एमालेभित्र नेतृत्वको निष्ठा, जबजको प्रयोग र संगठनात्मक अस्थिरताबारे पुनः प्रश्न उठ्न थालेका छन् ।
यो घटनाले एमालेभित्रको अविश्वास, नेतृत्वप्रतिको असन्तुष्टि र अवसरवादको गन्ध फेरि तीव्र रूपमा सतहमा आइरहेकाे समयमा ओलीबाटै एमालेबाट लखेटिएका नेताहरु पनि ओलीकै आलाेचना गरिरहेका छन् ।
रावलले लेखेका छन्- "विगतमा भएका गल्ती, कमीहरूका साथै भदौ २३ र २४ गतेको अकल्पनीय घटनामा राष्ट्रले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो । त्यो केही नगरी शब्दजाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन ।"
रावलले भण्डारीको बाटो खुला नगरी ओलीको यस्तो आह्वानलाई माओवादीतर्फ नजान चाहने एकीकृत समाजवादीका सदस्यहरूलाई भ्रम दिने प्रयास ठानेका छन् । यो घटनाले नेपाली राजनीतिमा जारी गठबन्धन र फुटको चर्चालाई थप तताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: