Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

एमालेले संसद् पुनर्स्थापनका लागि देशभर जनसभा गर्ने

पाेखरामा हुने भनिएकाे एमालेको ११ औँ महाधिवशन काठमाडाैंमै

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेनस्थल परिवर्तन गरेको छ ।  शनिबार बसेको सचिवालय बैठकले यसअघि पोखरामा गर्ने भनेको राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमा गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशन मिति भने परिवर्तन नभएको मंसिर २७ र २९ गते नै हुने ज्ञवालीको भनाइ छ । 

महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड पनि तय गरिएको छ । ६ लाख ६७ हजार पार्टी सदस्य रहेको एमालेले मंसिर १३ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ ।

त्यसरी छनोट भएका प्रतिनिधि मंसिर १५ भित्र पठाइसक्नुपर्ने छ । प्रतिनिधि छनोटका लागि एक निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर २ जना खुला, १ महिला र एकजना ४० वर्षमुनिका युवा गरेर एक क्षेत्रमा ४ जना प्रतिनिधि छनोटको अनुपात तय गरिएको छ।

न्यूनतम एकतिहाइ महिला छनोट हुनेछन् भने त्यसमा हरेक ८ सय सदस्य थपिँदै जाँदा १ जना महिला थपिने पनि एमालेले जनाएको छ । 

एमालेले संसद् पुनर्स्थापनका लागि देशभर जनसभा गर्ने 

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले देशका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कात्तिक २२ गते जनभेला गर्ने भएको छ ।

सबै पालिकामा कात्तिक २५ गते र सबै जिल्लामा २९ गते जनसभा गर्ने निर्णय गरेको छ । त्यस्तै उपमहासचिव ज्ञवालीले मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको जानकारी दिए । 

बैठकले विधान महाधिवेशनबाट पारित दस्तावेजहरू अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै सचिवालय बैठकले चार वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending