काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विघटित केन्द्रीय समितिको बैठक पुनः बोलाउने तयारी गरेको छ । पार्टी नेतृत्वका अनुसार हाल एकता प्रक्रियामा रहेका दलहरूसँगको समझदारीलाई संस्थागत र औपचारिकता दिन बैठक बोलाउने तयारी तीव्र भएको हो ।
पार्टी स्रोतका अनुसार माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सहितका वामपन्थी शक्तिसँग हुने एकताको निर्णयलाई अनुमोदन गर्न यही मंसिर १७ गते केन्द्रीय समितिको बैठक आह्वान गर्न लागेको छ ।
‘बैठकको मुख्य र एकमात्र एजेन्डा एकीकृत समाजवादीलगायतका दलहरूसँगको एकता प्रस्तावलाई अनुमोदन गर्नु नै हुनेछ,’ एक वरिष्ठ नेता बताउँछन्, ‘यो बैठकले आगामी राजनीतिक दिशा र एकीकृत पार्टीको संरचनाबारे पनि प्रारम्भिक रूपरेखा तय गर्नेछ ।’
यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक गत असोज १० गते सम्पन्न भएको थियो । उक्त बैठकले पार्टीको विशेष महाधिवेशन आगामी मंसिरको अन्तिम साता गर्ने निर्णय गर्दै केन्द्रीय समिति विघटन गरेको थियो ।
तर हाल वाम एकता प्रक्रियामा ठोस प्रगति भएपछि, महाधिवेशनअघि नै आवश्यक औपचारिक निर्णय गर्न विघटित केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरिएको माओवादी नेताहरूले बताएका छन् ।
पार्टी नेतृत्वका अनुसार बैठकपछि एकीकृत पार्टीको कार्यदिशा, नाम, संगठनात्मक ढाँचा र राजनीतिक दस्तावेजबारे छलफल गर्ने तयारी पनि गरिएको छ । यो बैठकलाई माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको ऐतिहासिक एकता प्रक्रियाको निर्णायक चरणका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: