काठमाडौं । नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेताहरूले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू त्यसको विरोधमा उभिँदै छुट्टै समूह बनाउने तयारीमा जुटेका छन्।
शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता प्रस्ताव पेश गरेका थिए। बहुमत सदस्यले समर्थन जनाएपछि उक्त प्रस्ताव पारित भएको थियो। बैठकपछि नेपालले पत्रकार सम्मेलनमार्फत् “एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको” दाबी गरे पनि बैठकमा झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरूले भने विरोध जनाएका थिए।
एकता निर्णयको विरोधमा खनाल पक्षले शनिबार दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा छुट्टै भेला बोलाएको छ। भेलामा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहितका केन्द्रीय सदस्यहरूको उपस्थित हुने तयारी छ।
खनाल पक्षले एकीकृत समाजवादीले माओवादी केन्द्रसँग हतारमा आत्मसमर्पणजस्तो निर्णय गरेको आरोप लगाएको छ। उनीहरूले वामपन्थी एकता नाममा व्यक्तिगत स्वार्थ र पदीय समीकरणलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि जनाएका छन्। खनाल पक्षका एक नेताले भने, “यो पार्टी एकता होइन, माओवादीमा आत्मसमर्पण हो। हामी सिद्धान्त र संगठनात्मक स्वाभिमानका साथ नयाँ बाटो रोज्नेछौं।”
पार्टी अध्यक्ष माधव नेपालले भने माओवादीसँगको एकता ऐतिहासिक कदम भएको बताए। उनका अनुसार वामपन्थी शक्तिहरूलाई एक ढिक्का बनाएर समाजवादतर्फको यात्रा अघि बढाउने उद्देश्यले एकता गरिएको हो। “अब देशमा समाजवादी मोर्चा निर्माणको दिशा खुलेको छ,” नेपालले भने।
यता, नेकपा (माओवादी केन्द्र)ले पनि एकीकृत समाजवादीको एकता निर्णयपछि शनिबारका लागि सचिवालय बैठक बोलाएको छ। बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत दलबीचको एकता प्रक्रिया र पदीय व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नेकपा (एकीकृत समाजवादी)को यो निर्णयले नेपाली वाम राजनीतिमा नयाँ समीकरण जन्माउने सम्भावना देखिएको छ। एकातिर नेपाल र प्रचण्डबीच नजिकिँदै गएको सम्बन्धले नयाँ वाम गठबन्धनको स्वरूप लिन सक्छ भने अर्कातिर खनाल–भुसाल पक्षले अलग राजनीतिक विकल्प निर्माण गर्ने संकेत गरेको छ।
यसैबीच, खनाल पक्षको शनिबारको भेलाले नयाँ संरचना र नेतृत्वको रूपरेखा तय गर्ने तयारी गरेको बुझिएको छ। एकीकृत समाजवादीभित्र लामो समयदेखि देखिएको मतभेद यही एकता निर्णयसँगै खुला द्वन्द्वमा परिणत भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: