सुनसरी । सुनसरीको धरान–१५ स्थित कृष्ण चेम्जोङ पथमा भाँडा–बर्तन चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले बुझाएका छन्।
शनिबार बिहान करिब ३ बजेतिर चोरीको प्रयासमा रहेको अवस्थामा धरान–१५ कै २४ वर्षीय सबिन लिम्बूलाई स्थानीयले रंगेहात पक्राउ गरेका थिए। उनले भाग्ने प्रयास गरे पनि स्थानीयले उनलाई नियन्त्रणमा लिएर केही समय बिजुलीको पोलमा बाँधेर राखेका थिए। त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको हो।
प्रहरीका अनुसार लिम्बू लागूऔषध सेवनकर्ता समेत हुन् र चोरीका क्रममा उनी नशाको प्रभावमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले वरपरका घरहरूबाट भाँडा–बर्तनलगायतका सामग्री चोरी गरेको स्वीकार गरेका छन्।
प्रहरीले चोरीमा प्रयोग भएका केही सामानसहित केही बरामद सामग्री पनि फेला पारेको जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
यस्तै, कृष्ण चेम्जोङ टोल विकास संस्थाले सो क्षेत्रभित्र वा बाहिर कसैको सर–सामान हराएको भए तत्काल प्रहरीमा उजुरी दिन स्थानीयलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: