सुनसरी । सुनसरीको धरान–१५ स्थित कृष्ण चेम्जोङ पथमा भाँडा–बर्तन चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले बुझाएका छन्।
शनिबार बिहान करिब ३ बजेतिर चोरीको प्रयासमा रहेको अवस्थामा धरान–१५ कै २४ वर्षीय सबिन लिम्बूलाई स्थानीयले रंगेहात पक्राउ गरेका थिए। उनले भाग्ने प्रयास गरे पनि स्थानीयले उनलाई नियन्त्रणमा लिएर केही समय बिजुलीको पोलमा बाँधेर राखेका थिए। त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको हो।
प्रहरीका अनुसार लिम्बू लागूऔषध सेवनकर्ता समेत हुन् र चोरीका क्रममा उनी नशाको प्रभावमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले वरपरका घरहरूबाट भाँडा–बर्तनलगायतका सामग्री चोरी गरेको स्वीकार गरेका छन्।
प्रहरीले चोरीमा प्रयोग भएका केही सामानसहित केही बरामद सामग्री पनि फेला पारेको जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
यस्तै, कृष्ण चेम्जोङ टोल विकास संस्थाले सो क्षेत्रभित्र वा बाहिर कसैको सर–सामान हराएको भए तत्काल प्रहरीमा उजुरी दिन स्थानीयलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: