गुल्मी । पाकेको धान उठाउने बेला बर्षा भएपछि किसानको धान खेतमै डुबेको छ । लगातार तीन दिनदेखि पानी परिरहेको छ । किसानले केही भए पनि जोगिएला कि भनेर पानी–पानीमै धान उठाइरहेका छन् ।
धुर्कोट गाउँपालिका–४ जैसीथोकका पीताम्बर पोख्रेलको दुई ठाउँका खेतमा गरेर २२/२५ मुरी धान उत्पादन हुन्छ । पोख्रेलले एक ठाउँको धान छिट्टै पाकेकाले तिहारअघि नै स्याहा गरेका थिए ।
कात्तिक ९ गते काटेको धान पानीले भिजाएपछि उठाउन थालेका हुन् । लामो वर्षा हुँदा खेतमै उम्रने डरले पानी–पानीमै धान उठाउन बाध्य भएको पोख्रेलले बताए । मुसिकोट नगरपालिका–७ को सुदिका फाँटमा थुप्रै किसानको धान खेतमा डुबेको छ ।
अमर कुमाल श्रमिक काम गर्दछन् । उनले अरुको अधियाँ धान खेती गर्दै आएका थिए । असारमा दुःख गरेर रोपेकाले राम्रोसँग धान स्याहार्ने आशा थियो । वर्षाले झर्ने र रुज्ने भएकाले स्वभाविक रुपमा उत्पादन राम्रो नहुने कुमालले बताए ।
मुसिकोट नगरपालिका–२ का मानबहादुर खत्रीको पनि खेतभरि आफूसहित ३०/३५ घरधनीको धान पानीले डुबाएको छ । इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले आफ्नो धान डुबे पनि नउठाएको बताए । धान कुहिने र उम्रने समस्या हुने भए पनि कतिपयले झरीमै धान उठाएको घिमिरेले बताए ।
कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले बर्सातले समग्र धान उत्पादनमा क्षति पुग्ने बताए । उनले पाकेको र काटेकोलाई धेरै असर र फूल खेलेर तापक्रम खोजिरहेको धानलाई पनि वर्षाले असर गर्ने बताए ।
गुल्मीमा गत वर्ष सात हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा २३ हजार १४० मेट्रिक टन उत्पादन भएको थियो । सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार यस वर्ष सात हजार ४८ हेक्टर क्षेत्रफलमा २२ हजार ९१० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो । यो वर्षाले दुई हजार २२० मेट्रिकटन धान उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेले बताए ।
गुल्मीदरबारको गरमटारी, खर्ज्याङ घोडाहाफाँट, टारीफाँट, छत्रकोटका खर्ज्याङ, मनबाग, अँगा, उल्लीखोला, बोआ फाँट र रुरु क्षेत्रका टाहाटिम लगायतका स्थानमा धानको उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १८:०६
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...
पौष १४ गते, २०८२ - १८:०३
तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...
पौष १४ गते, २०८२ - १७:५९
मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...
पौष १४ गते, २०८२ - १७:५७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...
पौष १४ गते, २०८२ - १७:५३
भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...
पौष १४ गते, २०८२ - १७:५०
गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर...
पौष १४ गते, २०८२ - १७:४७
सियोल । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गर...
पौष १४ गते, २०८२ - १७:४५
अफगानिस्तान । काबुलका पत्रकारहरूलाई उदृत गर्दै टोलो न्यूजले अफगानका पत्रकारहरुले सीमित जानकारी न्युन पहुँचको आधारमा सुचना प्रभाह गर्नु पर्ने बाध्यता र...
पौष १४ गते, २०८२ - १७:४२
उदयपुर । वन डढेलोको जोखिम दिनानुदिन बढ्दै गएको सन्दर्भमा उदयपुरमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने डेमो तालिम तथा अभ्यास कार्यक्रम सम...
पौष १४ गते, २०८२ - १७:३९
तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।...




प्रतिकृया लेख्नुहोस्: