Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

जग्गा रजिष्ट्रेशन नहुँदा प्रादेशिक अस्पतालको विकास रोकियो

खबरडबली संवाददाता

सिरहा । यहाँको लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आधुनिक सेवा विस्तार भए पनि जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक संरचना निर्माणका काम रोकिएका छन् । 

अस्पतालमा हाल आधुनिक प्रयोगशाला, डायलाइसिस र विभिन्न विभागका चिकित्सकहरूको सक्रियतामा दैनिक ३०० भन्दा बढी बिरामीको जाँच भइरहेको छ । १५ शय्याबाट एक सय शय्यामा विस्तार भएको अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा अवरोध भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले बताए । 

उनका अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनाहाका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयमा सिफारिस गरिएको एक वर्ष नाघिसक्दा पनि निर्णय हुन सकेको छैन । “लाभकर मिनाहाको निर्णय नभएकै कारण रजिष्ट्रेशन गर्न सकिएको छैन”, उनले भने । वि.सं. २०३७ मा लहानका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा जग्गा दिएका थिए ।

दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका जग्गा अस्पतालकै नाममा रजिष्ट्रेशन गर्न तयार भए पनि त्यसका लागि रु एक करोड ३१ लाख ५५ हजार ८९६  लाभकर लाग्ने भएपछि मिनाहाका लागि पहल भइरहेको अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले जानकारी दिए ।

“यो लाभकर मिनाहा हुन सकेमा जग्गा अस्पतालकै नाममा दर्ता भई थप पूर्वाधार विकासको बाटो खुल्नेछ”, अध्यक्ष मेहताले भने, “हाल कर मिनाहा नभएकै कारण जीर्ण भवन मर्मत, चिकित्सक आवास, नयाँ भवन निर्माण र सिटी स्क्यान सञ्चालनजस्ता योजना अघि बढ्न सकेका छैनन् ।”

उनका अनुसार अस्पताल विकास समितिले प्रदेश, सङ्घ र स्थानीय सरकारसँग निरन्तर समन्वय गरी रजिष्ट्रेशन प्रक्रिया छिटो टुङ्ग्याउने गृहकार्य अघि बढाइरहेको छ । सिरहा, सप्तरी र उदयपुर जिल्लाका बिरामीका लागि सेवा दिइरहेको यो अस्पताल क्रमशः तीन जिल्लाको स्वास्थ्य सेवाको केन्द्र बन्दै गएको छ ।

बिरामीको चाप बढ्दै जाँदा अस्पतालको स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीयवासीहरूले सक्रियता देखाउन थालेका छन् । स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजले अस्पतालको जग्गा रजिष्ट्रेशन तत्काल गर्न माग गर्दै निरन्तर दबाब दिइरहेका छन् ।

यसैबिच गत मङ्गलबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता गृह जिल्ला आउँदा अस्पताल प्रशासन र यहाँका जेनजी युवाहरूले संयुक्त रूपमा मन्त्रीलाई अस्पतालको जग्गा राजस्व कर मिनाहा गरी अस्पतालकै नाममा पास गर्न आवश्यक पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए । 

अध्यक्ष मेहताका अनुसार मन्त्री गुप्ताले यस विषयमा साझा पहल आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE