Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

एकीकृत समाजवादीकाे बहुमत माओवादीसँग एकताकाे पक्षमा

खबरडबली संवाददाता

काठमाडौं । वाम आन्दोलनलाई सशक्त बनाउन नेकपा एकीकृत समाजवादी नेकपा माओवादीसँग एकता गर्ने पक्षमा उभिएकाे छ ।

नयाँ वाम केन्द्र बनाउने दिशामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच ऐतिहासिक एकताको प्रक्रिया निर्णायक चरणमा पुगेको संदेश एकीकृत समाजवादीले दिएकाे छ । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाका अनुसार, पार्टी एकताको निर्णय सम्भवत नजिकनै हुने गरी बैठकमामा छलफल भएकाे र यही महिनाभित्र यसको औपचारिक घोषणा हुने तयारी भइरहेको छ ।

खतिवडाले कम्युनिष्ट आन्दोलनमा विगतमा देखिएका विभाजनका ‘रोगहरू’लाई चिर्नेगरी यसपालिको एकता अघि बढिरहेको स्पष्ट पारे । उनका अनुसार, वाम शक्तिहरू विखण्डन होइन, एकताको बाटोतर्फ उन्मुख भएका छन् ।

‘एमालेभित्र देखिएको अन्तसंघर्षले पनि धेरै इमानदार कार्यकर्तालाई नयाँ विकल्प खोज्न प्रेरित गरेको छ,’ खतिवडाले भने, ‘त्यसैले यो एकता केवल दुई दलबीचको सम्बन्ध होइन, वाम आन्दोलनको पुनर्जागरण हो ।’

उनले माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो र तेस्रो कम्युनिष्ट पार्टीका रूपमा रहेको भन्दै दुवै दल मिलेर देशमा मूलधारको एक सशक्त कम्युनिष्ट शक्ति निर्माण गर्न लागेको उल्लेख गरे ।

‘विश्व कम्युनिष्ट आन्दोलनको मूल आत्मा नै एकता हो,’ उनले भने, ‘त्यसलाई आत्मसात गर्दै हामी एकजुट हुँदैछौं, यसपटकको एकता स्थायित्व र सिद्धान्तमा आधारित हुनेछ ।’

यता एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले माओवादी केन्द्रसँगको एकतालाई वाम आन्दोलन सुदृढ पार्ने ऐतिहासिक अवसरका रूपमा लिएको बताएकी छन् । 

उनका अनुसार, वाम एकता देशको स्थायित्व, आर्थिक रूपान्तरण र सामाजिक न्यायको आधार हो । यद्यपि, उनले एकता प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्न आवश्यक परामर्श र संवाद अझ व्यापक हुनुपर्ने सुझाव दिइन् ।

‘वाम एकता नचाहने कोही हुँदैन,’ उनले भनिन्, ‘तर, यो प्रक्रिया अझ समावेशी र विचारमा आधारित हुनुपर्छ । सबै वामपन्थी शक्तिहरूले साझा एजेन्डामा सहकार्य गर्न सके भने यो देशको राजनीति नयाँ मोडमा पुग्छ ।’

झाँक्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको सहकार्यले वाम आन्दोलनको दिशा स्पष्ट हुने बताइन् । उनका अनुसार, केही असन्तुष्टता प्राकृतिक हुन्, तर ती संवाद र विश्वासको माध्यमबाट समाधान गर्न सकिने छन् । तर, उनि एकता प्रक्रियामा सहभागी नहुने दाबी गर्दै आएकी छिन् ।

माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने उनकाे भनाइ छ । माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने उनले घाेषणाा छ । 

दुवै नेताहरूका अभिव्यक्तिले वाम शक्तिहरूबीच एकता अपरिहार्य भएको सन्देश दिएका छन् । विगतका कमजोरी चिर्दै सिद्धान्त, संगठन र व्यवहारमा एकताबद्ध वाम शक्ति निर्माण गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको सहकार्यले नयाँ राजनीतिक युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...

अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ जना घाइते

मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...

नेकपासहित नाै दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...

गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित

गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर...

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

सियोल । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गर...

सीमित सूचना र पहुँचको भरमा पत्रकारिता गर्न बाध्य अफगान पत्रकारहरु

अफगानिस्तान । काबुलका पत्रकारहरूलाई उदृत गर्दै टोलो न्यूजले अफगानका पत्रकारहरुले सीमित जानकारी न्युन पहुँचको आधारमा सुचना प्रभाह गर्नु पर्ने बाध्यता र...

उदयपुरमा वन डढेलो नियन्त्रणका लागि दुईदिने डेमो तालिम

उदयपुर । वन डढेलोको जोखिम दिनानुदिन बढ्दै गएको सन्दर्भमा उदयपुरमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने डेमो तालिम तथा अभ्यास कार्यक्रम सम...

कृषकलाई प्रोत्साहन गर्न दूधमा रु १० अनुदान

तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending