काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजन भएको छ । पार्टीभित्र लामो समयदेखि चल्दै आएको असन्तुष्टि अन्ततः टुटफुटमा परिणत भएको हो ।
विप्लवले पछिल्ला महिनाहरूमा क्रान्तिकारी धारको पार्टीहरूभन्दा पनि नेकपा (एमाले)सँग निकटता बढाएको आरोप खेपिरहेका थिए । यही ‘एमालेपन्को’ र विचारगत विचलनकै कारण असन्तुष्ट समूहले पार्टीबाट टुटेर नयाँ संरचना घोषणा गरेको छ ।
काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गर्दै पार्टी पुनर्गठन गरेको घोषणा गरेको छ । भेला मार्फत मिलन सी सर्वसम्मत महासचिव चयन भएका छन् ।
नवनिर्वाचित महासचिव मिलन सीले कुरा गर्दै भने, “विप्लवको नेतृत्वमा रहेको पार्टी अब क्रान्तिको बाटोमा छैन, उनीहरू सत्तासँग सौदा गर्न र अवसर खोज्न व्यस्त छन् । त्यसैले हामीले सिद्धान्त, विचार र आन्दोलनलाई पुनः जोगाउन नयाँ बाटो लिनुपर्यो ।”
शरद सीलगायत केन्द्रीय सदस्यहरूले पनि विप्लवमाथि पार्टीको मूल लक्ष्य र म्याण्डेट विपरीत काम गरेको आरोप लगाएका छन् । उनका अनुसार हालै सम्पन्न केन्द्रीय समितिको निर्णय र बहुमतको मतलाई बेवास्ता गर्दै विप्लवले स्वेच्छाचारी शैलीमा पार्टी चलाउँदै आएका थिए । “विप्लवले १२ वर्षअघि सशस्त्र बाटो परित्याग गरे पनि त्यसपछि पार्टीलाई संसदीय दलहरूसँग मिलाउने दिशामा लैजाँदैछन्,” शरद सीले भने, “हामीले त्यस विरोधमा राष्ट्रिय भेला गरेर पार्टीलाई फेरि क्रान्तिकारी मार्गमा फर्काउने संकल्प गरेका छौं ।”
विप्लव नेतृत्वमाथि हालका गतिविधिले ‘क्रान्तिबाट सम्झौतामा’ पुगेको आरोप लाग्दै आएको छ । उनी पछिल्ला महिनाहरूमा एमाले नेताहरूसँगको बारम्बारको भेट, संयुक्त वक्तव्य र स्थानीय तहमा ‘सहकार्यको प्रयास’मा देखिन थालेका थिए । यसले पार्टीभित्र गम्भीर असन्तुष्टि उत्पन्न गरेको असन्तुष्ट पक्षको दाबी छ ।
नयाँ नेतृत्व समूहले भोलि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजनीतिक दस्तावेज, कार्ययोजना र संगठनात्मक रणनीति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । मिलन सी पक्षको दाबी अनुसार, अहिले पार्टीका बहुमत केन्द्रीय सदस्य, अधिकांश जिल्ला इन्चार्ज र जनसंगठनका प्रमुखहरू उनीहरूको साथमा रहेका छन् ।
यससँगै, नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक यात्रामा अर्को टुटफुट थपिएको छ, जसले उनको नेतृत्व क्षमता र विचारगत स्थायित्वमाथि नयाँ प्रश्न खडा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १८:०६
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...
पौष १४ गते, २०८२ - १८:०३
तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...
पौष १४ गते, २०८२ - १७:५९
मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...
पौष १४ गते, २०८२ - १७:५७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...
पौष १४ गते, २०८२ - १७:५३
भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...
पौष १४ गते, २०८२ - १७:५०
गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर...
पौष १४ गते, २०८२ - १७:४७
सियोल । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गर...
पौष १४ गते, २०८२ - १७:४५
अफगानिस्तान । काबुलका पत्रकारहरूलाई उदृत गर्दै टोलो न्यूजले अफगानका पत्रकारहरुले सीमित जानकारी न्युन पहुँचको आधारमा सुचना प्रभाह गर्नु पर्ने बाध्यता र...
पौष १४ गते, २०८२ - १७:४२
उदयपुर । वन डढेलोको जोखिम दिनानुदिन बढ्दै गएको सन्दर्भमा उदयपुरमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने डेमो तालिम तथा अभ्यास कार्यक्रम सम...
पौष १४ गते, २०८२ - १७:३९
तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।...




प्रतिकृया लेख्नुहोस्: