Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्न पाउने

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा)प्रयोग गर्न पाउने भएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेश पश्चात उपभोक्ताले नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएका हुन् । चार वर्षअघि नियम विपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै अदालतमा मुद्दा परेपछि नदीजन्य पदार्थको प्रयोगमा रोक लागेको थियो ।

“उपभोक्ताको अधिकार हनन भएको कुरा सर्वोच्च अदालत समक्ष राख्यौंँ”, सुनदेवी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले भने, “अदालतले मर्का बुझेपछि उपभोक्ताको हितमा हुने गरी अन्तरिम आदेश जारी गरेपश्चात नदीजन्य पदार्थमा लगाइएको रोक हटेको छ ।”

नदीजन्य पदार्थमा रोक लगाइएपछि उपभोक्ताले घर निर्माण लगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्दा दुई हजार प्रतिट्रली पर्ने ढुङगा, गिट्टी, बालुवाको छ हजारदेखि आठ हजारसम्म तिर्न बाध्य रहँदै आएको उनले बताए । नदीजन्य पदार्थमा लगाइएको रोक हटेसँगै उपभोक्ताले सहजरुपमा नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएको उनको भनाइ रहेको छ ।

उनका अनुसार निकुञ्जका नौ वटै मध्यवर्ती समिति अन्तगर्तका ४८ सामुदायिक वनका २० हजार बढी बासिन्दाले नदीजन्य पदार्थको प्रयोग गर्न पाउने छन् । नदीजन्य पदार्थ उत्खननका लागि निकुञ्जले यस अघिनै वातावरणीय प्रभाव मूल्याङ्कन९इआइए०को कार्य यसअघि नै गरेकाले त्यसै अनुरुप नदीजन्य पदार्थ उपलब्ध हुने समितिका सचिव दामोदर जोशीले बताए ।

“सो कुरा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सामुदायिक वनका पञ्चवर्षीय कार्य योजनामा उल्लेख गरिएको छ”, उनले भने, “यसका लागि निर्देशिकासमेत निर्माण गरिएको छ ।” उनका अनुसार नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका समितिको सिफारिसमा सामुदायिक वनले उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ आवश्यकताका आधारमा प्रयोग गर्न पाउने भए पनि भण्डारण (थुप्रो) गरेर राख्न नपाउने र अन्यलाई बेच्न भने पाउने छैनन् । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले जारी गर्नुभएको सूचनामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ गतेको निर्णयानुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्ताका लागि घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न सम्बन्धित उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताका माग सम्बोधन गरिएको छ ।

यही कात्तिक १६ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नियमावली २०५२ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णय तथा अन्य प्रचलित ऐन तथा नियमको परिधिभित्र रही नियमानुसारको राजस्व लिएर सो कार्य गराउन अनुरोध गरिएको छ ।

मध्यवर्ती क्षेत्रका उपभोक्ताले वर्षांैपछि नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णय स्वागतयोग्य रहेको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले बताए ।

“नदीजन्य पदार्थ सहज रुपमा उपलब्ध नहुँदा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई निकै असहजता थियो”, उनले भने, “नदीजन्य पदार्थकै अभावमा वडाका धेरै परिवारले घर निर्माण गर्न सकेका छैनन्, केहीका घर निर्माणका कार्य अधुरा रहेका थिए, निकुञ्जले नदीजन्य पदार्थमा लगाएको रोक हटेसँगै स्थानीय बासिन्दालाई निकै सहुलियत हुने भएको छ ।”

मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने शुक्लाफाँटा वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन नगरिँदा नजिकका बस्ती निकै जोखिममा रहेको बताए । “नदीजन्य पदार्थ थुप्रिएर खोला तथा नदी बस्तीभित्रै पस्ने प्रवल सम्भावना थियो”, उनले भने, “नदीजन्य पदार्थ थुप्रिँदा वर्षाका बेला खोला, नदी थुनिएर बाढी बस्तीमा पसेर निकै ठूलो क्षति हुने सम्भावना प्रवल बनेको थियो, नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णयसँगै त्यो जोखिम हटने विश्वास लिएका छौँ ।”

चुरे भएर बग्ने नदी, खोला र खेतीयोग्य जग्गाको सतह बराबर हुन पुगेपछि खेतीयोग्य जग्गा बगरमा परिणत हुदै आएको उनको भनाइ छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending