Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

खबरडबली संवाददाता

बुटवल । सहकारी ठगीसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ उच्च अदालत तुलसीपुर बुटवल इजलासमा स्थगित भएको छ ।

बिहीबार न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा दुवैको मुद्दा चौथो नम्बरमा सूचीबद्ध थियो । तर, जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै निवेदन दिएका कारण लगाउमा रहेको लामिछानेको मुद्दाको सुनुवाइ पनि स्थगित गरिएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार दुवै मुद्दा एकै प्रकृतिको भएकाले सुनुवाइ अर्को हप्ताका लागि सारिएको हो ।

गत असोज ३० गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगीसम्बन्धी बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने मागसहित लामिछाने र जोशीका फाइलहरू एकैसाथ पेस गर्न आदेश दिएको थियो । त्यसअघि जोशीको कैफियत प्रतिवेदन पनि अदालतमा पुगेको थियो ।

लामिछाने र जोशी दुवैले बिगोबराबरको रकम बुझाएर पुर्पक्षका लागि थुनामुक्त रहँदै मुद्दा लड्न माग गर्दै अदालतमा निवेदन दिएका थिए । तर, जिल्ला अदालत रुपन्देहीले उनीहरूको माग अस्वीकार गरेको थियो । त्यसपछि उनीहरू उच्च अदालतमा पुगेका हुन् ।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ६८ र ७१ अनुसार थुनामुक्तिको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै सुप्रिम सहकारीको सामूहिक बिगो १० करोड ९९ लाख ३६ हजारको चौथाइ अर्थात् दुई करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानतसहित १९ साउनमा जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए ।

तर, रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको २६ साउनको इजलासले बिगो अस्वीकार गर्दै लामिछानेलाई थुनामै पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पुगेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending