मुस्ताङ । प्रतिकुल मौसमका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ ।
लिजी–नेचुङ नाका (कोरला)मा तिब्वतको ढोङ्वासेन हुँदै आउने सामानहरू सडकमा बाख्लो हिउँ जमेपछि नाका क्षेत्रमै कन्टेनर सहित मालबाहक सवारीसाधन होल्ड गरिएको छ ।
गएको कात्तिक ४ गतेसम्म भन्सार कार्यालयले ३ अर्ब १४ करोड ४३ लाख ६ हजार ४ सय १ रुपियाँ राजश्व संकलन गरेको थियो । तिहार मनाउन भन्सार एजेन्ड घरमा गएको र हाल हिमपातका कारण नाका क्षेत्रबाट सवारीसाधन भन्सार कार्यालयसम्म आउन सक्ने अवस्था नरहेको भन्सार प्रमुख रमेश खड्काले बताए ।
प्रमुख खड्का भन्छन्, ‘‘भन्सारमा रहेका मालबाहक सवारीसाधन हिमपातका कारण बाहिरिन सकेका छैनन्,अहिले माथिल्लो क्षेत्रबाट सामान लिएर साना सवारीसाधन पनि झर्न समस्या छ ।’’ कार्यालय प्रमुख खड्काले चिनियाँ भन्सार कार्यालयबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म आउने सडकमा हिउँ पन्छाएर भएपनि सेवा दिने बताए । गएको कात्तिक ४ गतेसम्मभन्सार कार्यालयले १४ सय ९८ विद्युतीय (ईभी) गाडी, पैठारी तर्फ ६ सय ५७ कन्टेनर सहित मालबाहक ढुवानी साधन जाचपासका साथै निकासीतर्फ ७ मा ट्र«क ढुवानी भएको छ ।
समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकामा बाख्लो हिमपात भइरहेको छ । विद्युतीय सवारीसाधन बाहेक इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक लिन गएका मालबाहक ट्रक समेत नाका क्षेत्रमा छन् । भन्सार कार्यालयमा रोकिएका विद्युतीय सवारीसाधनलाई चिसोका कारण सडक मार्गबाट लैजान समस्या भएको छ ।
भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधन समेत १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्डमा अनुकुल मौसम नभएसम्मका लागि समस्या छ । सडकखण्डमा उकालोमा हिउँ पग्लिएर चिप्लो हुदाँ साना सवारीसाधन समेत बिग्रिएर सास्ती हुने गरेको छ ।
कोरला नाकामा ब्यवसाय गर्ने छोसेरका पेमा छिरिङ गुरूङले हाल नाका क्षेत्रमा पर्यटकको आगमन न्यून रहेको अवस्थामा सुनसान जस्तै रहेको बताए । गुरूङले भने,‘‘सामान लिन जाने स्थानीयमात्रै धेरै छन्,यसपटक छिटै हिमपात भएको छ, मौसममा सुधार आएपछि चहलपहल सुरू हुन्छ ।’’
जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते चिनियाँ भन्सार कार्यालयमा रहेको ब्यापारिक केन्द्रमा ८ जना पुरूष र ६ जना महिला मात्रै ब्यापार गर्न गएका छन् । कोरला नाकामा पर्यटकको चहलपहल घटेपछि ब्यापार गर्न जाने मुस्ताङको संख्या समेत घटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: