काठमाडौं । ‘दुई जना आएनछन् नि, अर्कोपालि आउनुपर्छ है!’ — सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई शुभकामना दिँदै बोलेको यो वाक्य अहिले नेपाली खेल समुदायमा निकै चर्चित बनेको छ।
सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा बुधबार पाल्जोर रंगशालामा आयोजित नेपाल र भारतबीचको मैत्रीपूर्ण महिला फुटबल खेलअघि मुख्यमन्त्री तामाङले यस्तो टिप्पणी गरेका थिए। खेलाडीहरूलाई उत्साह बढाउन रंगशाला पुगेका उनले नेपाली टोलीतर्फ हेर्दै केही खेलाडीहरू अनुपस्थित रहेको महसुस गरे र हल्का हाँसोसँगै भने, “दुई जना आएनछन् नि! अर्कोपालि आउनुपर्छ है!”
उनको यो सामान्य देखिने भनाइले नेपाली महिला फुटबलका खेलाडीहरूसँग उनको निकटता र जानकारी झल्काएको धेरैको टिप्पणी छ।
मुख्यमन्त्रीले खोजेका ‘दुई खेलाडी’ को रहस्य
सामाजिक सञ्जालमा धेरैले अनुमान गरेका छन्, मुख्यमन्त्री तामाङले सम्भवतः सावित्रा भण्डारी (साम्बा), प्रीति राई वा एन्जिला तुम्बापो सुब्बामध्ये दुईजनालाई खोजिरहेका थिए।
ती तीनै खेलाडी यसपटकको टोलीमा थिएनन् । सावित्रा व्यावसायिक फुटबलका लागि न्युजिल्यान्डमा, एन्जिला भारतीय क्लब सेथु एफसीसँग आबद्ध छिन् भने प्रीति जोर्डन जाने तयारीमा थिइन्। व्यावसायिक कारणले उनीहरूले सिक्किमको मैत्रीपूर्ण खेल गुमाएका हुन्।
मुख्यमन्त्री तामाङले खेलअघि दुवै टोलीसँग रात्रिभोजमा समेत सहभागी भएर खेलाडीहरूलाई आत्मीय सम्मान जनाएका थिए।
मैत्रीपूर्ण खेलमा नेपालको विजय
उक्त खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा नेपालले भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो।
तर, खेलको नतिजाभन्दा पनि सिक्किमका मुख्यमन्त्रीले देखाएको खेलाडीप्रतिको आत्मीयता र खेलप्रेमले धेरैको मन जितेको छ। नेपाली खेल पत्रकार र दर्शकहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका छन् । “त्यो भनाइमा सम्मान, प्रेम र खेलप्रतिको समर्पण झल्किन्छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: