काठमाडौं । आगामी २१ फागुनका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगबाट बजेट रकम मागसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले चुनावका लागि आयोगबाट बजेट मागको प्रस्ताव आएको र अंकमाथि छलफल गरेर टुंगो लगाउने बताए । ‘आयोगबाट अंक नै तोकेर बजेट निकासाका लागि माग गरिएको पत्र आएको छ । तर, अहिले नै यसलाई अन्तिम अंक मान्न मिल्दैन । थप छलफल गरेर टुंगो लगाउँछौँ,’ उनले भने ।
अर्थ मन्त्रालयका अधिकारी आयोगले माग गरेर बजेट घटाएर निकासा गर्ने पक्षमा छन् । ‘आयोगबाट माग भएको रकमको आकार ठुलो देखिन्छ । यसलाई घटाउन बजेट महाशाखाले आयोगसँग छलफल गरिरहेको छ । प्रस्तावितभन्दा घटेरै बजेट निकासा हुन्छ,’ अर्थका एक उच्च अधिकारीले भने ।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले बजेटको विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको, तर टुंगो लाग्न बाँकी रहेको बताए । ‘विगतको तुलनामा बढी बजेट मागेका होइनौँ । फागुनमा हुने निर्वाचनमा मौसम प्रतिकूलताको जोखिम रहेकाले ढुवानी खर्च बढ्न सक्छ भन्ने अनुमान गरेका छौँ । त्यसबाहेक मितव्ययिता अपनाउने नै सोचेका छौँ,’ प्रवक्ता भट्टराईले भने ।
विगतका निर्वाचनको दाँजोमा मतपेटिका र कर्मचारी संख्या कम हुने उनको भनाइ छ । ‘हामीले यसपालि मतपेटिका किन्दैनौँ, कागजपत्र पनि किन्दैनौँ । बढी खर्च हुन सक्ने भनेको ढुवानीमा हो,’ उनले भने ।
चालू आर्थिक वर्ष ०८१/८२ मा सरकारले निर्वाचन आयोगलाई नियमित खर्चबापत ६१ करोड २३ लाख मात्रै बजेट विनियोजन गरेको छ । जेन–जी आन्दोलनपछि संसद् विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि आयोगलाई निर्वाचनका लागि अतिरिक्त खर्च चाहिने भएको हो ।
सरकारले चुनाव र पुनर्निर्माणका लागि पुँजीगत र चालू बजेट रोक्का गरेर एक खर्ब १९ अर्ब स्रोतको जोहो गरिसकेको छ । त्यसैले, निर्वाचनका लागि स्रोत अपुग नहुने अर्थ मन्त्रालयले जनाएको छ ।
निर्वाचन प्रणालीलाई सकेसम्म मितव्ययी बनाउन राजनीतिक दल, आयोग र सरकारले प्रयास गर्नुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको भनाइ छ । ‘राजनीतिक दल, सरकार र निर्वाचन आयोगले सकेसम्म चुनावलाई कम खर्चिलो बनाउने प्रयास गर्नुपर्छ । न्यूनतम खर्चमा चुनाव गराउने उपाय लगाउनुपर्छ,’ उनले भने, ‘बढी खर्च हुने जनशक्ति र ढुवानीमा हो । कतिपय सामग्री मौज्दात नै होलान् । मतदान केन्द्रमै मतगणना हुनुपर्ने व्यवस्था गरेर ढुवानी खर्च बचाउन सकिन्छ । इच्छाशक्ति भयो भने चुनाव खर्चलाई मितव्ययी बनाउन गाह्रो काम छैन ।’
कतिपय खर्च कानुन संशोधन गरेर घटाउन सकिने यादवको भनाइ छ । ‘कतिपय कानुनी व्यवस्थाले पनि मितव्ययिता कायम राख्न चुनौतीपूर्ण छ । कानुन संशोधन गरेर मिलाउन सक्नुपर्छ,’ यादवले भने, ‘राजनीतिक दललाई सहमति गराउन सके मितव्ययी बनाउन सहज हुन्छ । सुरक्षामा बढी खर्च गर्नुभन्दा स्थानीयलाई नै बढी जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: