Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

खबरडबली संवाददाता

पर्वत । यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।

राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ । 

पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ । अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३/२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो । 

यसैबिच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ गरिने अर्जुन श्रेष्ठले बताए । धानको बीउ तथा अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए ।

गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा रु आठ लाख बराबरको बिक्री भएको थियो । 

बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतङ्कजस्ता कारणले कृषकहरूको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेकी छन् ।

केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगर पालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending