Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

म्यान्माले जुन्ता-सञ्चालित निर्वाचनमा विदेशी मिडियालाई आमन्त्रण

खबरडबली संवाददाता

याङ्गुन । म्यान्माका निर्वाचन अधिकारीहरूले बुधबार घोषणा गर्दै आगामी जुन्ता-सञ्चालित निर्वाचनलाई अन्तर्राष्ट्रिय मिडियाले प्रत्यक्ष कभर गर्न सक्ने बताएका छन् । यो कदमले विदेशी पत्रकारलाई विवादास्पद चुनावको छानबिन गर्ने स्पष्ट अवसर प्रदान गर्ने बताइएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार सन् २०२१ मा भएको सैन्य कूपछि म्यान्मामा प्रेस स्वतन्त्रता गम्भीररूपमा सङ्कुचित भएको छ । विद्रोहले गृह युद्धको रूप लिएपछि सेनामाथि धम्की र सेन्सरसिपमार्फत मिडियाको परिदृश्यलाई लगभग नष्ट गरेको आरोप छ ।

विदेशी मिडियाको ठूलो हिस्सा देशबाट बाहिरिएपछि स्थानीय पत्रकारले दमनको भार बेहोर्दै आएका छन् । एएफपी अहिले पनि म्यान्मामा पूर्ण ब्यूरो सञ्चालन गर्ने एकमात्र अन्तर्राष्ट्रिय समाचार संस्था बनेको छ । जुन्ताले आगामी डिसेम्बर २८ देखि सुरु हुने चुनावलाई ‘शान्तिको मार्ग’ को रूपमा प्रस्तुत गरेको छ । 

तर विद्रोहीको नियन्त्रणमा रहेका धेरै क्षेत्रमा मतदान हुन नसक्ने बताइएको छ, जसका कारण आलोचकले यसलाई सैन्य शासनलाई वैधानिकता दिने चालको रूपमा चित्रित गरेका छन् । जुन्ता-नियन्त्रित युनियन निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय र अन्तर्राष्ट्रिय मिडियालाई चुनाव कभर गर्न अनुमति दिइने छ ।” आयोगले केही हप्ताभित्र चरण बद्धरूपमा मिडिया पहुँच खुलाउने जनाएको छ ।

म्यान्माको सरकारी पत्रिका द ग्लोबल न्यु लाइटमा प्रकाशित सूचनाअनुसार सूचना मन्त्रालयले योग्य अन्तर्राष्ट्रिय मिडिया संस्थाको छनोट र सहयोग गर्नेछ । तर कुन मिडिया संस्थालाई अनुमति दिइने छ र ती कसरी छनोट गरिने छ भन्ने स्पष्ट गरिएको छैन । म्यान्मामा लोकतान्त्रिक सङ्क्रमणको दशकभरि फस्टाएको स्वतन्त्र मिडिया अहिले लगभग नष्टप्रायः अवस्थामा पुगेको छ । 

धेरै समाचार संस्था बन्द भएका छन्, केही विद्रोही नियन्त्रित क्षेत्रमा सरेका छन् र अन्य छिमेकी थाइल्यान्डबाट निर्वासनमा सञ्चालन भइरहेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) का अनुसार सन् २०२४ सम्म म्यान्मा पत्रकारलाई जेल हाल्ने देश मध्ये विश्वको तेस्रो स्थानमा रहेको थियो ।

अधिकार समूहले आङ सान सुकीलाई अपदस्थ गरी जेलमा राखिएको र उनको लोकप्रिय नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विघटन गरिएका कारणले यो चुनाव ‘वैध हुन नसक्ने’ बताएका छन् । जुन्ता-विरोधी प्रदर्शनमा सहभागी हुनेलाई १० वर्षसम्मको जेल सजाय तोकिएको छ । 

कूटनीतिक स्रोतले एएफपीलाई जानकारी दिए अनुसार दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान) ले यसपालि निर्वाचनमा पर्यवेक्षक नपठाउने निर्णय गरेको छ । धेरै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले आसियानलाई पर्यवेक्षक पठाउन निषेध गर्न आग्रह गर्दै आएका छन् । तिनका अनुसार यस्तो चुनाव स्वतन्त्र वा निष्पक्ष हुने सम्भावना नगण्य छ र त्यसलाई वैधानिकता दिनु म्यान्माको जनमतमाथि अन्याय हुने छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE