Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

गाजामा पुन: इजरायली आक्रमण: बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु

खबरडबली संवाददाता

गाजा । गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् ।

स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।

यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिका सहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्‍याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला रहेका थिए ।

त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल–अवदामा ३० वटा शव ल्याइएको छ । तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ । घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन् ।

इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिएको हो । सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गरेको छ । तर, गाजामा भइरहेका निरन्तर आक्रमण र तीव्र हताहतीका घटनाले युद्धविराम पुनः जोखिममा परेको विश्लेषकहरूको ठम्याइ छ ।

दर्जनौँ परिवारहरू अहिले भग्नावशेषभित्र बेपत्ता रहेका छन् भन्दै स्थानीय अधिकारीहरूले यदि आक्रमण रोकिएन भने मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending