Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पाकिस्तानको दाबी : अफगानिस्तानसँगको शान्ति वार्ता असफल, सीमा हिंसापछि तनाव चर्कियो

खबरडबली संवाददाता

इस्लामाबाद । पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्ति वार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौं पुरानो तनाव पुनः तीव्र बनाएको छ । पछिल्ला हप्तामा भएका सीमा झडप र बम विस्फोटपछि स्थायी युद्धविरामको आशामा गम्भीर धक्का पुगेको बताइएको छ ।

अक्टोबर ९ मा काबुलमा भएको विस्फोटमा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएपछि तालिबानले पाकिस्तानमाथि दोषारोपण गरेको थियो । त्यसपश्चात् बढ्दो हिंसालाई नियन्त्रण गर्न दुवै पक्षले कतार र टर्कीको मध्यस्थतामा इस्तानबुलमा चारदिने वार्ता गरेका थिए ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले एक्समा लेख्दै भने, “दुर्भाग्यवश, अफगान पक्षले कुनै ठोस आश्वासन दिएन । उनीहरूले मुख्य विषयबाट ध्यान हटाएर दोषारोपण र षड्यन्त्रको बाटो रोजे ।” उनका अनुसार वार्ताले कुनै व्यावहारिक परिणाम ल्याउन सकेन ।

तरारले पाकिस्तानले शान्तिपूर्ण समाधानका लागि गम्भीर पहल गरेको तर काबुलले पाकिस्तानविरुद्ध सक्रिय आतङ्ककारी समूहहरूलाई निरन्तर सहयोग गरेको आरोप लगाए । उनले भने, “हामी आतङ्कवादको खतराबाट जनतालाई जोगाउन आवश्यक सबै उपाय जारी राख्नेछौँ ।”

यसैबीच रक्षामन्त्री ख्वाजा आसिफले पनि चेतावनी दिंदै भने, “यदि पाकिस्तानमा पुनः कुनै आत्मघाती हमला वा आतङ्कवादी आक्रमण भयो भने त्यसको परिणाम कडाइका साथ भोग्नुपर्छ ।”

अफगानिस्तानतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले स्थानीय मिडियालाई भनेका छन्, “हाम्रो जवाफ पाकिस्तानका लागि पाठ र अरूका लागि सन्देश हुनेछ ।”

दुई देशबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा झन् तनावपूर्ण बनेको छ । पाकिस्तानले अफगान भूमिमा रहेका तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहहरूलाई तालिबान सरकारले शरण र सहयोग दिएको आरोप लगाउँदै आएको छ । तालिबानले भने यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानी सुरक्षा स्रोतका अनुसार वार्ताको प्रारम्भमा अफगान प्रतिनिधिमण्डलले टिटिपीविरुद्ध कारबाही गर्न सहमति जनाए पनि पछि आफ्नो धारणा परिवर्तन गर्‍यो । उक्त परिवर्तन काबुलको राजनीतिक निर्देशनपछि आएको दाबी गरिएको छ ।

अक्टोबर ९ को विस्फोट अफगान विदेशमन्त्री अमिर मुत्ताकीको भारत भ्रमणकै बीचमा भएको थियो । त्यसपछि तालिबानले सीमा आक्रमण गरेको र पाकिस्तानले जवाफी कारबाही गरेको थियो । कतार र टर्कीको पहलमा दोहामा भएको वार्तापछि १९ अक्टोबरमा अस्थायी युद्धविराम घोषणा गरिएको थियो, तर त्यसअघि भएको ४८ घण्टे प्रारम्भिक युद्धविराम समेत स्थायी बन्न सकेको थिएन ।

दुई देशबीचको सीमा दुई हप्ताभन्दा बढी समयदेखि बन्द छ । पाकिस्तानले केवल निष्कासित अफगान नागरिकहरूलाई फर्किन अनुमति दिएको छ । अफगान सहर स्पिन बोल्डकमा फलफूल बोकेका ट्रकहरू कुहिन थालेका छन् । चालक गुलले भने, “५०–६० ट्रकहरू रोकिने अवस्थामा छन्, स्याउ र अनार सडिरहेका छन् । हामी सरकारसँग सीमा खोल्न आग्रह गर्छौं ।”

संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) का अनुसार गत हप्तामा मात्र अफगानिस्तानमा कम्तीमा ५० नागरिक मारिएका र ४४७ जना घाइते भएका छन् । पाकिस्तानले पनि १२ अक्टोबरमा २३ सैनिकको मृत्यु र २९ जना घाइते भएको पुष्टि गरेको छ, तर नागरिक हताहतको विवरण सार्वजनिक गरेको छैन ।

यो असफल वार्ताले दक्षिण एसियाका दुई इस्लामिक राष्ट्रबीचको सम्बन्ध पुनः सङ्कटमा धकेलेको छ । त्यहाँ दशकौँदेखि चल्दै आएको अविश्वास र सीमा विवाद अझ गहिरो बन्दै गएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending