Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अलमलमा बालेन- नयाँ दल खोल्ने कि रास्वपामा जोडिने?

खबरडबली संवाददाता

काठमाडौं । जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिका रूपमा उदाउन नयाँ पार्टी खोल्ने कि पुरानासँगै मिलेर जाने भन्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह अलमलमा परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने वा सुमना श्रेष्ठलगायतले बनाउने नयाँ पार्टीलाई समर्थन गर्ने भनेर उनी अलमलमा परेका हुन्। 

रास्वपाले रवि लामिछानेलाई सभापतिबाट हटाएर नयाँ व्यक्ति ल्याए समर्थन गर्ने संकेत गरेका बालेनले उता सुमना श्रेष्ठ, निश्चन बस्नेतलगायतले खोल्न लागेको नयाँ पार्टीलाई पनि ढाडस दिइरहेका छन्।

मूलधारको पार्टीका रूपमा विकास भएको भन्दै रास्वपाले नयाँ व्यक्तिलाई पार्टी सभापति बनाउन नचाहेपछि बालेनको ध्यान सुमना श्रेष्ठले नेतृत्व गर्ने पार्टीमा पुगेको छ। श्रेष्ठले पनि कस्तो पार्टी बनाउने भन्ने खुलेको छैन। 

रास्वपाका सभापति लामिछानेले बालेन आफैं नेतृत्व गर्ने गरी आए सभापति छाडिदिने नत्र बाहिरबाट कोही व्यक्तिलाई नल्याउने बताएको जनाइएको छ। त्यसपछि बालेन र रास्वपाबिचको संवाद स्थगित भएको थियो।

यतिबेला नयाँ पार्टी गठनका लागि बालेन अर्का स्वतन्त्र मेयर गोपी हमाल, जेनजीको प्रतिनिधि बताउने सुदन गुरुङ लगायत छलफलमा रहेका छन्। हर्क साम्पाङले काठमाडौं आएर पार्टी खोलेर गएपछि स्वतन्त्र नेताहरू भने नयाँ दलको तयारीमा लागेका हुन्।

मिराज ढुंगानालगायतको अर्को समूहले पार्टी दर्ता गर्ने भनिसकेको छ। यद्यपि उनीहरूको पार्टी कस्तो हुने भन्ने टुंगो लागेको छैन। बालेन समूहका नेताहरूले ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन चाहेका थिए तर रास्वपाले यो प्रस्तावलाई अस्वीकार गरेको थियो।

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बृहत्तर राजनीतिक संवादहरू भइरहेको बताए। उनले कसलाई कुन पदमा राख्ने वा नराख्नेभन्दा पनि जेनजी आन्दोलनलाई कसरी संस्थागत गर्न सकिन्छ भनेर सबैसँग कुराकानी भइरहेको बताए। उनका अनुसार यसका लागि उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा उच्चस्तरीय संवाद समिति पनि बनाइएको छ।

संवादका लागि केही जिम्मेवारी पुकार बमलाई पनि दिइएको छ। सबै खालका सम्भाव्यताबारे छलफल भइरहेको बुर्लाकोटीको दाबी छ। ‘जेनजी आन्दोलनलाई संस्थागत गर्न नयाँ शक्ति र व्यक्तिहरुसँगको कुराकानी स्वाभाविक हो।

पार्टी निर्माणका आफ्नै चरणहरू हुन्छन्। धेरै चरण पार गरेर रास्वपा अहिलेको अवस्थामा आइपुगेको छ। पार्टीमा व्यक्तिहरू आउने–ल्याउने क्रम पनि निरन्तर रहन्छ तर कसलाई के जिम्मेवारी भन्ने विषय छलफलबाट टुंगिन्छ। अहिले सतहमा आएजस्तै सभापति दिने गरी वा त्यही पदका लागि भनेर कोहीकसैसँग छलफल भएको छैन,’ सहमहामन्त्री बुर्लाकोटीले भने।

रविले पार्टी सभापति छाड्नु हुँदैन भन्ने लाइनमा रहेका रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले पनि सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका थिए। यसबाट पनि बालेनले रास्वपामा नयाँ व्यक्तिलाई लगेर आफूले समर्थन गर्न खोजेका थिए भन्ने पुष्टि हुन्छ।

केही युवा भने बालेनले पार्टी नखोल्न भएपछि सुमना र निश्चललाई पार्टी खोल्न दबाब दिइरहेका छन्। बालेनले पनि देशभरका सबै युवालाई समेटेर पार्टी खोल्ने हो भने आफ्नो पनि समर्थन रहने संकेत दिएका छन्। बालेनको यो संकेतपछि सुमनाले यसको गृहकार्य गरिरहेकी छन्। ‘बनिबनाउ पार्टी भएकाले रवि लामिछानले सभापति छाडे बालेनले समर्थन गर्ने संकेत गरेका थिए तर रास्वपाले मानेन त्यसकारण अहिलेलाई त्यताको वार्ता स्थगित भएको छ,’ बालेननिकट एक युवाले भने।

बालेनले समर्थन गर्ने दलमा सन्तोष गिरीलाई संगठन प्रमुख रहने गरी पठाइन लागेको पनि ती युवाको दाबी छ। बालेनको समर्थनमा खुल्न लागेको नयाँ दलमा हालका जेनजी प्रतिनिधि, पुराना विवेकशील साझामा रहेकाहरू, कांग्रेस-एमाले छाडेकाहरू, आन्दोलनको अग्रमोर्चामा देखिएका कलाकारहरू समेटिन लागेको स्रोतको दाबी छ। ‘बालेन आफैं अघि बढेर पार्टी खोल्ने अवस्था छैन। उहाँले नयाँ दललाई समर्थन गर्ने हो,’ नयाँ पार्टीको तयारीमा लागेका एक युवाले भने। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: