Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीद्वारा सरकार, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय बैठक आह्वान

खबरडबली संवाददाता

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउने पहलस्वरूप सरकार, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय बैठक आह्वान गरेकी छिन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक भोलि (बुधबार) साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यस बैठकमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरू र जेनजी आन्दोलनका अगुवाहरूसँग पहिलोपटक एकै ठाउँमा छलफल गर्ने भएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको वातावरण निर्माणका लागि सरकार, दल र जेनजी प्रतिनिधिहरू सहभागी हुने गरी पहिलोपटक त्रिपक्षीय बैठक बोलाइएको हो । उनले आगामी २१ फागुनमा तोकिएको निर्वाचन सफल बनाउनका लागि राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता तथा छलफल भइरहेको जानकारी दिए ।

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच भएको छलफलमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा सबै पक्ष सकारात्मक बनेका थिए । त्यसयता विभिन्न औपचारिक संवाद र परामर्शहरूले राजनीतिक माहोललाई थप सकारात्मक बनाएको सम्बद्ध पक्षहरूको भनाइ छ ।

मन्त्री खरेलका अनुसार सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गर्दै आवश्यक तयारीका काम तीव्र रूपमा अगाडि बढाएको छ । सरकारले निर्वाचन सफल बनाउन सबै पक्षबीच सहमति र सहकार्यका पहलहरूलाई निरन्तरता दिएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending