मनिला । एसियाली विकास बैँक (एडीबी)ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दस करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
यस परियोजनाले प्रशासन सुधारमा सहयोग गरी निजी क्षेत्रको सहभागिता बढाउने र पर्यटक आगमन तथा विदेशी विनिमयलाई बढावा दिँदै उत्पादन विकास व्यापार प्रर्वदन तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने जनाइएको । जसमा दिगो पर्यटन क्षेत्र विकास कार्यक्रमका लागि अनुदानमा सात करोड डलर र तीन करोड डलरको नियमित ऋण समावेश छ ।
यस कार्यक्रमले शासन, सम्पत्ति व्यवस्थापन, व्यापार तथा पर्यटन प्रवर्धन सीप सुधार दिगो पर्यटन पर्यटन गन्तव्यमा सहरी विकास लगायत क्षेत्रमा नीति र संस्थागत सुधारलाई सहयोग गर्ने एडिबीले जनाएको छ । यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रलाई प्रवर्धन गरी नयाँ गन्तव्य खोलेर, पर्यटकको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।
सन् २०२५ मा श्रीलङ्कामा पर्यटक आगमन सन् २०१८ को स्तरमा फर्किएको बताउँदै श्रीलङ्काका लागि एडिबीका निर्देशक ताकाफुमी कादोनोले आम्दानी महामारीपूर्वको स्तर भन्दा तल रहेको बताए । “उपयुक्त नीति र संस्थागत सुधार, पूर्वाधार वृद्धि, आन्तरिक र बाह्य चुनौतीविरुद्ध सुधार गरेर पर्यटन समावेशी आर्थिक वृद्धिको इन्जिन बन्न सक्ने उहाँले उल्लेख गर्नु भएको छ । रासस/सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: