Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

छठ पर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

खबरडबली संवाददाता

बाँके । पश्चिम तराईको सहर नेपालगञ्जमा छठ पूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठ पर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए ।

‘नेपालगञ्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु भएको छठ पूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ’, पाठकले भने, ‘हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठ पूजा गर्दै आउनुभएको छ ।’ 

छठको दिनमा पूजा गर्दा भक्तजनले मनमा चिन्तन गरेको मनोकाङ्क्षा पूरा भएकाले नेपालगञ्जमा  छठपर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उनको भनाइ छ ।

पूर्वी तराईबाट कामको सिलसिलामा नेपालगञ्ज आएर बसेकाहरूले मात्र यो पर्व मनाउने गरे पनि पछिल्लो समय नेपालगञ्जका रैथाने र पहाडी मूलका नेपालीले समेत छठ मनाउन थालेको नेपालगञ्जका कानुन व्यवसायी विश्वजीत तिवारीले बताए । उनले छठ सबै नेपालीको साझा भइसकेको उल्लेख गरे ।

‘पूर्वी तराईमा सीमित छठ नेपालगञ्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवं धार्मिक सदभावमा सहयोग पुगेको छ’, तिवारीले भने: ‘एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगञ्जमा अन्तरधार्मिक सदभाव मजबुद छ ।’

पूर्वबाट आएकाहरूलाई साथ दिन र भगवानप्रतिको आस्था बढ्दै गएकाले छठ मनाउनेको सङ्ख्या बढेको तिवारीको भनाइ छ । नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा छठपूजा गर्नेको भीड लाग्ने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending