Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

लुभ्र डकैतीपछि फ्रान्सका क्राउन ज्वेल्स विश्वप्रसिद्ध बन्ने सम्भावना

खबरडबली संवाददाता

पेरिस । लुभ्रमाथिको १० करोड डलरको डकैतीले फ्रान्सको लामो समयदेखि छायामा रहेका क्राउन ज्वेल्सलाई विश्वव्यापी चर्चामा ल्याएको छ ।

देश अझै पनि आफ्नो राष्ट्रिय सम्पदामाथिको यो गम्भीर उल्लङ्घनबाट आहत छ, तर विरोधाभास यसमा छ—चोरीले नै ती गहनालाई मोनालिसाजस्तै विश्वप्रसिद्ध बनाउन सक्ने सम्भावना जन्माएको छ ।

सन् १९११ मा लियोनार्दो दा भिन्चीको मोनालिसा चोरी हुँदा जस्तै यो अपराधले पनि गुमेका वस्तुहरूलाई इतिहासको केन्द्रमा ल्याएको छ । त्यतिबेला चोरीको समाचारले संसारभर हलचल मच्चाएको थियो र जब चित्र दुई वर्षपछि फिर्ता आयो यसको ख्यातिले सम्पूर्ण लुभ्रलाई ओझेलमा पार्‍यो ।

पेरिसकी कला इतिहासकार अन्या फायरस्टोनले भने, “यस डकैतीले अपोलो ग्यालरी र बाँकी गहनाहरूमा नयाँ प्रकाश पारेको छ । सम्भवतः यी गहनाले पनि मोनालिसाजस्तै अमर प्रसिद्धि प्राप्त गर्नेछन् ।” उनले डकैतीको अघिल्लो दिन ग्यालरीको भ्रमण गर्दा सुरक्षा अपर्याप्त रहेको महसुस गरेको बताए ।

डकैतीले विश्वभरको मिडियामा विद्युतीय प्रभाव पारेको छ । अमेरिकादेखि एसिया र ल्याटिन अमेरिकासम्मका टेलिभिजनहरूमा लुभ्र र हराएका गहनाहरू प्रमुख समाचार बनेका छन् । केहीले यसलाई बियोन्से र जे–जेडको २०१८ को ‘एपेसिट’ भिडियोपछि लुभ्रमाथि आएको सबैभन्दा ठूलो प्रचार भनेका छन् ।

फ्रान्सका क्राउन ज्वेल्स ब्रिटिश राजपरिवारका गहनाजस्तै लोकप्रिय हुन सकेका थिएनन् । तर यो डकैतीले सन्तुलन बदल्न सक्छ । अब बचेकामध्ये महारानी युजेनीको एक हजार ३०० हीराले जडित पन्ना–सेट मुकुट नै प्रमुख आकर्षण बन्ने सम्भावना छ । “म यस मुकुटबारे पहिले कहिल्यै सुनेको थिइनँ”, स्पेनका आगन्तुक माटियो रुइजले भने, “अब यो नै पहिलो कुरा हो जुन म हेर्न चाहन्छु ।”

डकैतीमा हराएका गहनामध्ये केही पुनः प्राप्त गरिएका छन्, तर अधिकारीहरूले तीव्र गोपनीयता अपनाएका छन् । यद्यपि लुभ्र फेरि पर्यटकहरूले खचाखच भरिएको छ । डकैती अघि नै दैनिक ३३ हजार आगन्तुक आउँथे र अहिले झन् बढी भीड बढेको छ ।

यी गहनाहरू केवल धातु र ढुङ्गाका टुक्रा होइनन्, बर्बन राजतन्त्रदेखि नेपोलियन र आधुनिक गणतन्त्रसम्मको यात्राको चम्किलो साक्षीका रूपमा फ्रान्सको इतिहासका प्रतीक हुन् । फायरस्टोनका शब्दमा, “यी गहनाहरू लुभ्रको अन्तिम शाही शब्द हुन्—राजाहरूको उज्यालो प्रतिध्वनि ।”

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसलाई ‘अतुलनीय सम्पदाको क्षति’ भनेका छन् । धेरैले भने सुरक्षामा भयावह कमजोरी देखाएका छन् । पेरिसकी स्थानीय नादिया बेन्यामिनले भने, “दिनको उज्यालोमा मुट्ठीभर मानिसले यस्तो डकैती गर्न सक्नु अस्वीकार्य हो ।”

अन्वेषकहरूका अनुसार चोरहरूले भवनको सेन–तफैको भागबाट चढेर झ्याल तोडे, दुईवटा डिस्प्ले केस भाँचेर केही मिनेटमै मोटरसाइकलमा भागे । लुभ्रका निर्देशक लरेन्स डेस कार्सले ‘भयानक असफलता’ स्वीकार गर्दै राजीनामाको प्रस्ताव राख्नुभयो तर संस्कृति मन्त्रीले अस्वीकार गरे ।

अब लुभ्रमा मानिसहरू गुमेको हेर्न आउँछन्—रिक्त ठाउँ र कथाको आकर्षणले तानेर । “मानिसहरू स्तब्ध छन्, तर जिज्ञासु पनि”, विद्यार्थी टोबियास क्लेनले भने । कलाकार रोज गुयेनले भने, “यी गहना अहिले हराएका छन्, तर तिनीहरू फिर्ता हुने आशा कहिल्यै हराउँदैन—मोनालिसाजस्तै ।”

फायरस्टोनले भने, “ख्यातिको विचित्र अर्थतन्त्रमा नराम्रो समाचारले पनि ध्यान ल्याउँछ र ध्यानले वस्तुलाई प्रतीक बनाउँछ । यही लुभ्रको नयाँ नियति हुन सक्छ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending