Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

सिँचाइले ल्याएको हरियाली- कृषीखेतीबाट युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’ गाउँ

खबरडबली संवाददाता

मकवानपुर । विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । त्यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ ।

पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ । काठमाडौं उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ– कोही मुला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन् । जम्मा ३६ परिवारको मात्र बसोबास रहेको उक्त गाउँमा हरेक घरको आँगनमा हरियो बोटबिरुवा फस्टाएका छन् । त्यहाँका बालबालिकाले खेतीको अर्थ पढाइसँगै बुझेका छन् । उनीहरूले पसिनाबाट शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने बुझेका छन् । विद्यालय बिदाका दिन साना बालबालिका पनि बारीमा भेटिनुले यसलाई पुष्टि गरेको छ ।

गाउँका किसानले गर्वका साथ भन्छन्, “हाम्रो बारीले कति इन्जिनियर पढायो, नर्स बनायो, विज्ञान पढ्ने धेरै छन्, त्यसैले हाम्रो बारीले तरकारी होइन इन्जिनियर फलाउँछ ।”

त्यहाँका धेरैजसो घरका छोराछोरीले बारीको आम्दानीबाट प्राविधिक शिक्षा हासिल गरेका छन् । २९ वर्षीय सिभिल इन्जिनियर मिलन गुरुङ भन्छन्, “म काठमाडौँको कलेजमा पढ्थेँ, तर मेरो पढाइको शुल्क यही बारीको तरकारीले तिर्यो, अहिले जब म पुल र सडक डिजाइन गर्छु, म सोच्दछु– यो मेरो बारीको माटो र बुबाआमाको पसिनाले सम्भव गराएको हो ।”

गुरुङलाई यो बारी र माटोमा यति लगाब छ कि चाडपर्वमा घर आउँदा पनि उहाँलाई बारीमा काम गर्न मन पर्छ । उनले थपे, “हामीलाई यो बारीले आर्थिक रूपमा सक्षम बनाएको छ, त्यसैले म बिदा हुँदा घुम्नभन्दा पनि यहीँ माटोमा पसिना बगाउन घर आउने गर्छु ।”

गुरुङका अनुसार यस वर्ष मुलाको मूल्य राम्रो भएकाले आम्दानी पनि मनग्य भएको छ । काठमाडौंबाट छोटो दूरीमा रहेको यो गाउँ प्राकृतिक रूपमा अत्यन्तै मनोरम भए पनि यहाँका स्थानीयलाई पर्यटन व्यवसायभन्दा खेती गर्नमै आनन्द मिल्छ । उनको खेतबारीमात्र होइन, त्यो एउटा विद्यालय हो, जहाँ माटोले आत्मनिर्भरता सिकाउँछ र पसिनाले गर्वको अनुभव दिन्छ ।

मिलनमात्र होइन, गाउँका अन्य युवा अहिले नर्सिङ, कृषि विज्ञान, सिभिल इन्जिनियरिङ र कम्प्युटर प्राविधिकजस्ता विषय पढिरहेका छन् । कतिपय जागिरमा छन् । यसै कारण गाउँमा बाहिरबाट आउनेले भन्छन्, “यो त साँच्चै इन्जिनियर बनाउने बारी रहेछ ।” यही नामले गाउँको परिचयसमेत फेरिएको छ ।

स्थानीय बूढापाका भन्छन्, “पहिले बारी बाँझो हुन्थ्यो, अहिले बारी हराभरा छ।” ५९ वर्षीया बुद्धिमाया तामाङ चखेलकी जीवन्त उदाहरण हुन् । श्रीमान् बेपत्ता भएपछि उहाँका लागि बाँच्ने आधार एक टुक्रा बारी मात्र थियो । पहिले मकै लगाउनुहुन्थ्यो, जसले वर्षभरि खान पनि पुग्दैनथ्यो । तर अहिले त्यो बारीमा गोलभेँडा, काँक्रो, बन्दा र सिमी लहलहाउँछ ।

तामाङले भने “पहिले मकै बाली काटेर ज्याला गर्न जान्थेँ, अहिले तरकारी बेचेर महिनामा रु ३०–४० हजार कमाउँछु, छोराछोरी पढाइ सकेर अब आफ्नै बलमा अघि बढिरहेका छन् ।”

तामाङ विवाह गरेर आउँदा यो गाउँमा धेरै दुःख थियो । अन्नबालीले वर्ष नधान्ने कारण ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो । तर समयसँगै खेती गर्ने तरिका फरक भएको र जीवन पनि बदलिएको उनको भनाइ छ ।

सुत्केरी हुँदासमेत खान धौधौ परेको सम्झँदै उले भने “हामीले नजानेर दुःख पाएका रहेछौँ, बाटो बन्यो । हामीले तरकारी रोप्न थाल्यौँ, अनि पसिना पनि त्यही बारीमा बगायौँ, अहिले दुःखबिमार हुँदा पनि रकम साथमा हुन्छ ।”

बारीले उनको छोराछोरी पढाउन र घर धान्न सजिलो भएको छ । हाल उनका दुई छोरी र एक छोराले कक्षा १२ पास गरिसकेका छन् । श्रीमान् बेपत्ता भएर समस्यामा परेको उनको परिवारलाई तरकारीखेतीले सहज बनाएको छ । काठमाडौं र हेटौँडासम्मको यातायात सहज हुँदा किसानले बिहानै तरकारी सङ्कलन गरेर बजार पठाउँछन् । उत्पादनको राम्रो मूल्य पाइँदा गाउँमा पुँजी पनि जम्मा हुनथालेको छ ।

सिँचाइले ल्याएको हरियाली

इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङ भन्नुहुन्छ, “हामीले सिँचाइलाई प्राथमिकता दियौँ, सामूहिक ट्याङ्की र पाइप प्रणाली बनायौँ, किसानलाई प्रविधि सिकायौँ, अहिले गाउँमा उत्पादनमा दोब्बर वृद्धि भएको छ ।”

स्थानीय सरकारको पहलमा सामूहिक सिँचाइ प्रणाली र प्रविधिमैत्री खेतीको अभ्यासले उत्पादनमा वृद्धि भएको अध्यक्ष तितुङले बताए । साथै, काठमाडौं र हेटौँडा बजारसम्म सहज यातायात पुगेकाले किसानले आफ्नो उत्पादन सजिलै बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । काठमाडौं उपत्यकाको सिमाना पार गरेपछि पुगिने यो ठाउँ पर्यटकका लागि गन्तव्य बनेको छ ।

चखेल गाउँ अहिले ‘सफा गाउँ, हरियो बारी’ अभियानमा जोडिएको अध्यक्ष तितुङ बताउँछन् । जैविक तरकारी उत्पादनका लागि रासायनिक मल र विषादीको प्रयोग घटाइएको उनले बताए । यसले गाउँको वातावरणीय सन्तुलन र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्रले चखेललाई ‘नमूना आधुनिक कृषि क्षेत्र’ बनाउने योजना अघि सारेको अध्यक्ष तितुङले बताए । उनका अनुसार यहाँका किसानलाई जैविक मल, कीट व्यवस्थापन र बजार समन्वयसम्बन्धी तालिम दिइँदैछ ।

पर्यटन र अध्ययनको केन्द्र बन्दै चखेल

मकवानपुरको हरियालीबीच बसेको चखेल अहिले कृषि पर्यटनका लागि पनि आकर्षण बनिरहेको छ । काठमाडौँ–हेटौँडा जोड्ने चन्द्रागिरि डाँडाबाट यसलाई नियाल्न सकिन्छ । यहाँ आउने पर्यटक केवल दृश्य हेर्नमात्र होइन, खेती गर्ने अनुभव लिन पनि आउँछन् । धेरै शैक्षिक संस्था अध्ययन भ्रमणका लागि चखेल पुग्छन् । विद्यार्थी खेतमा काम गर्दै सिक्छन् ।

विसं २०४० तिर सुरु भएको सरकारी कृषि विस्तार कार्यक्रमपछि त्यहाँको स्वरूप नै फेरिएको हो । किसानले सिँचाइ नहर बनाए, जैविक मल प्रयोग गर्न थाले र बारीलाई व्यवसायका रूपमा लिए । त्यसपछि गाउँको मुहार फेर्न धेरै समय लागेन । अहिले गाउँमा एउटा साझा अभियान चलिरहेको छ– ‘सफा गाउँ, हरियो बारी’ ।

हरेक घर अगाडि हरियो झ्याली, रासायनिक मलको सट्टा जैविक मल, बारीमा घ्यूको बत्ती बालेर पूजा गर्ने चलन र सामूहिक सरसफाइ कार्यक्रमले चखेलको पहिचान नै बदलेको छ । वातावरणीय सन्तुलन राम्रो भएपछि गाउँमा चराचुरुङ्गी पनि फिर्ता आएका छन् ।

इन्द्रसरोवर–५ उत्तरी मकवानपुरको काठमाडौं सिमानामा पर्छ । त्यहाँ नेवार र तामाङ समुदायको बसोबास प्रमुख छ भने क्षेत्री, ब्राह्मण, मगरहरू पनि एकआपसमा मिलेर बसेका छन् । त्यहाँको भालेश्वर महादेव मन्दिर र गुप्तेश्वर गुफा चर्चित तीर्थस्थल तथा पर्यटकस्थल हुन् । विसं २०७३ को सर्वेक्षणअनुसार वडाको जनसङ्ख्या तीन हजार ६९४ छ । स्थानीयको प्रमुख पेसा कृषि हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending