काठमाडौँ । नेपाली संगीत क्षेत्रका अग्रज गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। चार दशकदेखि नेपाली र हिन्दी गीत–संगीतमा सक्रिय रहँदै महत्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप उनलाई भारतको शान्तिबनमा आयोजित ग्लोबल समिट २०२५ मा सम्मान गरिएको हो।
नेपालीसँगै हिन्दी भाषामा पनि अनेकौँ लोकप्रिय गीत र गजल गाएका कार्कीलाई शो समिटमा भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट सम्मान प्रदान गरिएको हो। शुभ दीपावली पर्वको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विश्वका विभिन्न देशका कलाकार, चिन्तक र नेताहरूको उपस्थितिमा उनलाई सम्मान गरिएको थियो।
सम्मान ग्रहणपछि काठमाडौं फर्किएका गायक कार्कीले आफ्नो खुशी प्रकट गर्दै भने,
“आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु। दर्शक–श्रोतालाई समर्पित यो सम्मानले मलाई अझै उत्साहित बनाएको छ।”
कार्कीले भारतलगायत विभिन्न देशमा आयोजना भएका दर्जनौँ सांगीतिक कार्यक्रममा सहभागी हुँदै नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गर्दै आएका छन्। यही निरन्तर योगदानको कदरस्वरूप आयोजक संस्थाले उनलाई ग्लोबल समिट सम्मान प्रदान गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: