Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

बेथिति अन्त्य गर्न अपराधीलाई ‘सार्वजनिक रूपमा कोर्रा’ हान्ने कानुन बनाउन हर्कराज राईको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा कोर्रा हान्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राईले विद्यमान कानुनी प्रक्रिया लामो र प्रभावकारी नभएको तथा विभिन्न किसिमका ‘सेटिङ’का कारण दोषी उम्किने गरेको आरोप लगाए। उनले अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी दण्डको व्यवस्था आवश्यक रहेको बताए।

अपराधी पक्राउ गर्ने, अनुसन्धान गर्ने र अन्तत: प्रभाव तथा सेटिङका आधारमा छुट्ने प्रवृत्तिले मुलुकमा बेथिति बढाएको उनको भनाइ थियो।

‘मेरो–तेरो नभनीकन फटाहालाई कर्‍यापझ्याप पारेर हानौँ न कोर्राले । त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ,’ उनले संसद्मा भने।

राईले केवल माया, सोधपुछ र छानबिनबाट मात्रै अपराध नियन्त्रण नहुने दाबी गरे। बेथिति अन्त्यका लागि कडा दण्डको व्यवस्था गर्नुपर्ने भन्दै उनले ‘कोर्रा’लाई समेत कानुनी विकल्पका रूपमा अघि सारे।

सांसद राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीमाथि समेत प्रश्न उठाए।

छिमेकी मुलुकसँगको सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहितअनुकूल नभएको उनको आरोप थियो।

‘हामी कस्तो देशमा छौँ जहाँ प्रधानमन्त्री नै भन्छन् हामीले छिमेकीको सीमा मिचेका छौँ। यहाँ न सुरक्षा छ, न न्याय, न सेवा सुविधा,’ उनले भने।

देशमा नागरिकको सुरक्षाको अवस्था कमजोर रहेको दाबी गर्दै राईले सांसदहरू समेत असुरक्षित महसुस गर्ने अवस्था आएको बताए।

उनले राज्यले नागरिकलाई सुरक्षा, न्याय र प्रभावकारी सेवा दिन नसकेको आरोप लगाउँदै वर्तमान व्यवस्थामा देखिएका कमजोरी सुधारका लागि कडा कदम चाल्नुपर्नेमा जोड दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

शशांकले निर्वाचन आयोग र कांग्रेस कार्यालयलाई पठाएको पत्रमा गगनलाई ‘तत्कालीन महामन्त्री’ सम्बोधन,

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै पठाएको पत्रमा सभापति गगनकुमार थापालाई ‘तत्काली...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रीपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...

अर्जुननरसिंह केसीको प्रश्न– ‘प्रधानमन्त्री एक्लै हिँड्ने लहडमा कि एक्लै पर्नुभएको हो ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...

बेथिति अन्त्य गर्न अपराधीलाई ‘सार्वजनिक रूपमा कोर्रा’ हान्ने कानुन बनाउन हर्कराज राईको प्रस्ताव

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...

हर्क राईको ‘कोर्रा हान्ने’ अभिव्यक्तिमाथि इन्दिरा रानाको आपत्ति, भनिन्– ‘यस्तो शब्द सदनमा प्रयोग हुनुहुँदैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...

सरकालाई कांग्रेसको प्रश्नैप्रश्न: प्रधानमन्त्री बालेन कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री बालेन र सभामुख डिपीबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending