Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

लोप हुने अवस्थाको रैथाने कालो सुँगुरको माग धान्नै गाह्रो

खबरडबली संवाददाता

गलकोट। केही वर्ष अघिसम्म काठेखोला गाउँपालिका–४, तङ्ग्रामका प्राय: घरमा रैथाने कालो सुँगुर पालिन्थ्यो । अधिकांश मानिसको आम्दानीको श्रोतमा यही कालो सुँगुर हुन्थ्यो । तर पछिल्लो समय भने यो अवस्था घट्दो क्रममा रहेको सुँगुरपालकको भनाइ छ ।

बढ्दो वैदेशिक रोजगार, आम्दानीको श्रोतमा विविधता, बसाइसराइ लगायतका विविध कारण तङ्ग्रामी रैथाने कालो सुँगुर पाल्नेको सङ्ख्या घटदैगएको हो । यही अवस्थाबिच स्थानीय नरबहादुर थापा र भुवनसिंह थापाले व्यावसायिक रूपमा सुँगुर पाल्न थालेको बताए। नरबहादुरले तङ्ग्राम ठुलो गाउँ र भुवनसिंह काफलबोट फार्म सञ्चालनमा ल्याएको छन् । 

नरबहादुर थापाले करिब १४ वर्ष वैदेशिक रोजगारमा बिताएको थिए । भुवनसिंहले १० वर्ष मलेसियामा बिताएको बताए। ‘विदेशमा पनि दु:ख गरियो, त्यसपछि स्वदेशमा नै फर्केर काम गर्न थालियो’ थापाले भने “अहिले ठुलो मुनाफा त होइन, आम्दानीको श्रोत राम्रै बनिरहेको छ।” उहाँले आफ्नो फर्ममा एक जनालाई रोजगार समेत दिएको छन् ।

बगलुङको काठेखोला गाउँपालिका–४, तङ्ग्रामका यी दुई व्यक्तिले गत वर्षदेखि व्यावसायिक रूपमा सुँगुर पाल्न थालेका हुन् । नरबहादुरको फार्ममा ३५ वटा सुँगुर रहेका छन् । भुवनसिंहको फार्ममा २५ वटा रैथाने सुँगुर छन् । लामो समयको वैदेशिक रोजगारबाट फर्केपश्चात व्यावसायिक रूपमा रैथाने कालो सुँगुर पाल्न थाल्नुभएको उनीहरूको भनाइ छ । 

थापाले लोप हुने अवस्थामा कालो रैथाने सुँगुर पुगेकाले संरक्षण थालेको बताए । ‘केही वर्ष अघिसम्म प्राय: घरमा कालो सुँगुर पालिन्थ्यो, पछिल्लो समय त्यो अवस्था घट्दो छ’ सिंहले भने, “त्यही कारण सुँगुर पाल्न थालेको हुँ ।”

मासुका लागि पालिएको रैथाने कालो सुँगुरको खपत गाउँमा नै हुनेगरेको छ । माग बमोजिम पुर्‍याउन नसकिएको उहाँहरूको भनाइ छ । आफ्नै देशमा आफ्नै कामको मालिक बन्न पाउँदा खुसी लागेको सिंहले बताए। नरबहादुरले आफ्नै देशमा आफ्नै कामको मालिक बन्न पाएकोमा उनले खुसी व्यक्त गरे।

‘सरकारले दिने अनुदानप्रति खासै विश्वास नभएको र सरकारले दिने अनुदान प्रभावकारी नभएको उनीहरूको भनाइ छ । ‘सरकारले दिने अनुदानका कार्यक्रम झन्झिटिलो छ, मेरो फार्मका लागि डेढलाख खर्च भयो । तर मैले जम्मा ३० हजार रुपियाँ पाएँ’ उनले भने। 

सुँगुरपालनबाट राम्रो आम्दानी भइरहेको उहाँहरूले तर्क गरे। नरबहादुरले कुखुरा, किराना पसल पनि सञ्चालन गर्दै आएको छन् । भुवन सिंहले पनि किराना पसल सञ्चालन गर्दै आएको छन् । रैथाने कालो सुँगुरको माग धेरै भएकाले त्यस व्यवसायमा लागेको उहाँहरूको भनाइ छ । यहाँ उत्पादित सुँगुर गाउँमा नै पुर्‍याउन हम्मे रहेको उहाँहरूले बताए। यसको उत्पादन वृद्धि र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्न सकेको खण्डमा आम्दानीको श्रोत वृद्धि हुने थापाले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending