Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सहयोगका पर्खाइमा कलाकार निर्मोही

खबरडबली संवाददाता

बाँके । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ।

तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहेका छन्। दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी लामो समयदेखि नेपालगञ्ज–१० स्थित आफ्नै घरको ओछ्यानमा सीमित छन्।

कुनैबेला रेडियो कार्यक्रम सञ्चालन गर्दा जोसिलो आवाजले सबैलाई मोहित पार्ने निर्मोही अहिले धेरैबेर बोल्दा बोली पनि लर्वराउँछ। स्वर अहिले पीडाले भरिएको छ। शरीर कमजोर भइसकेको छ। हिँडडुल गर्न सक्दैनन्। रेडियो नेपाल र नेपालगञ्जस्थित रेडियो बागेश्वरीसहित अन्य एफएमहरुमा उनले लामो समय काम गरे।

निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गरे। स्रोताको मन छुने लोकगीत गाएर स्थानीय कलाकारलाई पनि मञ्चमा ल्याउन सहयोग गरे। उनका गीतहरू पश्चिम नेपालको गाउँघरमा आज पनि गुञ्जिन्छन्। उच्च रक्तचाप र सुगरले सताउँदै जाँदा, पछि मिर्गौलाले काम गर्न छोडेको उनले जानकारी दिए।

‘विगत छ महिनादेखि उपचारमै छु, तर आर्थिक अभावले उपचार निरन्तरता दिन सकिरहेका छैन‘, कलाकार निर्मोहीले भने, ‘जीवनभर म बोलिरहेँ, अब सबै मौन छन्, मलाई सबैको माया चाहियो, जीवनका यी अन्तिम क्षणमा उपचारका लागि सहयोगको हात बढोस्।‘

उनको परिवारले सम्भव सबै प्रयास गर्‍यो, तर अब खर्च धान्नसक्ने स्थिति छैन। नेपालगञ्जस्थित भेरी अस्पतालमा हप्तामा दुई पटक उनले डायलाइसिस गर्दै आएका छन्। कलाकार निर्मोहीले आफ्ना साथी, शुभेच्छुक र देशभरका कलाकार, स्रोता र दाताहरूसँग सहयोगको आग्रह गरे।

दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही हाल नेपालगञ्जमा बस्दै आएका छन्। कलाकार निर्मोहीको योगदानको कदर गर्दै निर्मोहीलाई सम्झने वातावरण बनाउनेदेखि उपचारमा सहयोग जुटाउने प्रयासमा आफूहरू लागिपरेको स्थानीय बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाहले बताए।

निर्मोहीलाई सहयोगार्थ ‘तिहारका रङहरू’

मिर्गौला रोगबाट पीडित कलाकार कमल विके निर्मोहीको सहयोगार्थ नेपालगञ्जमा ‘तिहारका रङ्गहरू’ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

बागेश्वरी असल शासन क्लबको आयोजनामा उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले तिहारका मौलिक संस्कृति र मान्यतालाई प्रवद्र्धन गर्दै गएराति ‘तिहारका रङहरु’कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सामूहिक देउसी, भैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटकलगायत प्रस्तुतिहरु गरिएको थियो। स्थानीय फरकफरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुग्नुभएका कलाकार निर्मोहीले सहयोगी हातहरु अघि बढेको देख्दा खुसी लागेको बताए।

कार्यक्रममा गायक सुनीलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाईं, कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, सन्तोष सोतीमगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनरअप सुरज सिञ्जालीमगर, डान्सर रुविना अधिकारी, मौसमी रानामगर, आरुसी मगर र एक्टिङ स्टार नवीना रानाभाटलगायतको प्रस्तुति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: