काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दलहरूसँगको संवादमा नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचन केन्द्रित पाँच बुँदामा आफ्नो स्पष्ट धारणा प्रस्तुत गरेको छ।
पार्टीका सचिवालय सदस्य पम्फा भुषाल र वर्षमान पुन ‘अनन्त’ सहभागी रहेको बैठकमा माओवादी केन्द्रले चुनावलाई राष्ट्रिय सहमतिको आधारमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको हो।
अनन्तका अनुसार, माओवादी केन्द्रले प्रस्तुत गरेको मुख्य पाँच बुँदाहरू यस प्रकार छन्ः
१. निर्वाचन सहभागिता र सहयोग
माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको बताउँदै पार्टीले मतदाता नामावली अद्यावधिकका लागि संगठनलाई परिचालन गरिसकेको जानकारी दिएको छ। पार्टीले सरकारलाई निर्वाचन सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, निष्पक्ष, धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
२. अन्य दलहरूलाई तयारीको आह्वान
माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरूलाई पनि तत्काल चुनावी तयारीमा जुट्न र जनस्तरमा साझा एजेण्डा प्रस्तुत गर्न आग्रह गरेको छ। पार्टीका अनुसार, चुनावलाई लोकतान्त्रिक अभ्यासको अवसरका रूपमा लिन सबै दलहरू एकजुट हुन आवश्यक छ।
३. चुनावी वातावरण निर्माण
माओवादी केन्द्रले सरकारप्रति सन्देश दिँदै भन्यो, “चुनाव गराउने वातावरण बनाउन सरकारको ध्यान पुग्न ढिलो भयो।” पार्टीले सुरक्षा, प्रशासनिक तयारी र जनस्तरको विश्वास पुनःस्थापना गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।
४. जेनजी आन्दोलन र आत्मालोचना
पार्टीले हालैको जेनजी आन्दोलनलाई भ्रष्टाचारविरुद्धको जनआन्दोलनको रूपमा व्याख्या गर्दै आफूहरूले त्यसबाट पाठ सिकेको बतायो। माओवादी केन्द्रले आफ्ना कमजोरीहरू स्वीकार गरी आत्मालोचना गरेको उल्लेख गर्दै अन्य दलहरूले पनि आत्मनिरीक्षण गर्नुपर्ने जोड दिएको छ।
५. एजेण्डा केन्द्रित चुनाव र सहकार्य
माओवादी केन्द्रले आउँदो निर्वाचनलाई केवल सत्ताको होड नभई नीति र दृष्टिकोणको प्रतिस्पर्धा बनाउने बताएको छ। पार्टीले जनजीवनका माग, संघीयता र सुशासनका विषयलाई मुख्य एजेण्डा बनाएर जाने तयारी जनाएको छ। साथै, जेनजीहरूको मागसँग मेल खाने एजेण्डा भएका दलहरूसँग सहकार्य गर्न सकिने संकेत पनि दिएको छ।
बैठकमा सहभागी माओवादी नेतृ पम्फा भुषालले भनिन्, “हामी चुनावमा जान तयार छौँ।देशलाई स्थायित्व दिने वातावरण बनाउन जिम्मेवारी अब सरकार र सबै राजनीतिक शक्तिहरूको हो ।”
यससँगै माओवादी केन्द्रले चुनावलाई राष्ट्रिय एकता र जनविश्वास पुनःस्थापना गर्ने अवसरका रूपमा लिन सबै दलहरूलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: