काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दलहरूसँगको संवादमा नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचन केन्द्रित पाँच बुँदामा आफ्नो स्पष्ट धारणा प्रस्तुत गरेको छ।
पार्टीका सचिवालय सदस्य पम्फा भुषाल र वर्षमान पुन ‘अनन्त’ सहभागी रहेको बैठकमा माओवादी केन्द्रले चुनावलाई राष्ट्रिय सहमतिको आधारमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको हो।
अनन्तका अनुसार, माओवादी केन्द्रले प्रस्तुत गरेको मुख्य पाँच बुँदाहरू यस प्रकार छन्ः
१. निर्वाचन सहभागिता र सहयोग
माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको बताउँदै पार्टीले मतदाता नामावली अद्यावधिकका लागि संगठनलाई परिचालन गरिसकेको जानकारी दिएको छ। पार्टीले सरकारलाई निर्वाचन सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, निष्पक्ष, धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
२. अन्य दलहरूलाई तयारीको आह्वान
माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरूलाई पनि तत्काल चुनावी तयारीमा जुट्न र जनस्तरमा साझा एजेण्डा प्रस्तुत गर्न आग्रह गरेको छ। पार्टीका अनुसार, चुनावलाई लोकतान्त्रिक अभ्यासको अवसरका रूपमा लिन सबै दलहरू एकजुट हुन आवश्यक छ।
३. चुनावी वातावरण निर्माण
माओवादी केन्द्रले सरकारप्रति सन्देश दिँदै भन्यो, “चुनाव गराउने वातावरण बनाउन सरकारको ध्यान पुग्न ढिलो भयो।” पार्टीले सुरक्षा, प्रशासनिक तयारी र जनस्तरको विश्वास पुनःस्थापना गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।
४. जेनजी आन्दोलन र आत्मालोचना
पार्टीले हालैको जेनजी आन्दोलनलाई भ्रष्टाचारविरुद्धको जनआन्दोलनको रूपमा व्याख्या गर्दै आफूहरूले त्यसबाट पाठ सिकेको बतायो। माओवादी केन्द्रले आफ्ना कमजोरीहरू स्वीकार गरी आत्मालोचना गरेको उल्लेख गर्दै अन्य दलहरूले पनि आत्मनिरीक्षण गर्नुपर्ने जोड दिएको छ।
५. एजेण्डा केन्द्रित चुनाव र सहकार्य
माओवादी केन्द्रले आउँदो निर्वाचनलाई केवल सत्ताको होड नभई नीति र दृष्टिकोणको प्रतिस्पर्धा बनाउने बताएको छ। पार्टीले जनजीवनका माग, संघीयता र सुशासनका विषयलाई मुख्य एजेण्डा बनाएर जाने तयारी जनाएको छ। साथै, जेनजीहरूको मागसँग मेल खाने एजेण्डा भएका दलहरूसँग सहकार्य गर्न सकिने संकेत पनि दिएको छ।
बैठकमा सहभागी माओवादी नेतृ पम्फा भुषालले भनिन्, “हामी चुनावमा जान तयार छौँ।देशलाई स्थायित्व दिने वातावरण बनाउन जिम्मेवारी अब सरकार र सबै राजनीतिक शक्तिहरूको हो ।”
यससँगै माओवादी केन्द्रले चुनावलाई राष्ट्रिय एकता र जनविश्वास पुनःस्थापना गर्ने अवसरका रूपमा लिन सबै दलहरूलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...
पौष १७ गते, २०८२ - ११:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...
पौष १७ गते, २०८२ - ११:०१
पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक
पौष १७ गते, २०८२ - १०:४०
जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...
पौष १७ गते, २०८२ - १०:३७
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...
पौष १७ गते, २०८२ - १०:३५
रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...
पौष १७ गते, २०८२ - १०:३३
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...
पौष १७ गते, २०८२ - १०:३०
भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...




प्रतिकृया लेख्नुहोस्: