Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

नेपाल सम्वत् ११४६ आजदेखि प्रारम्भ, नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै

खबरडबली संवाददाता

ललितपुर । आजदेखि नेपाल सम्वत् ११४६ प्रारम्भ भएको छ। देशभरका नेवार समुदायले यसलाई नयाँ वर्षका रूपमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाउँदै छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाले इ.सं. ८८० (वि.सं. ९३७) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए। इतिहासविद् डा. त्रिरत्न मानन्धरका अनुसार यो सम्वत लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भई पृथ्वीनारायण शाहसम्म राष्ट्रिय सम्वतका रूपमा चलाइएको थियो।

विसं २००७ पछि नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु भएको थियो। हाल काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायतका सहरमा नेवार समुदायले विशेष र्‍याली, नाचगान र पूजासहित नयाँ वर्ष मनाउने गर्छन्।

शंखधर साख्वाको समाजसेवी कार्यको सम्मानस्वरूप २०५६ सालमा उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो। साथै, २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

काठमाडौँ उपत्यकामा आज पनि कार्तिक शुक्ल प्रतिपदाका दिन पुरानो बहीखाता बन्द गरी नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा निरन्तर चलिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: