Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

फूल आयातमा कडाइ हुँदा किसानहरू दंग, नेपाली मालाको माग कुवेत र अमेरिकामा पनि

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको गोदावरीका कृषक दशराम सुनारले सयपत्रीका १०,००० थान मालाको 'अर्डर' लिइसके। विभिन्न किसिमका फूल उत्पादन गर्ने उनले तिहारमा उच्च माग हुने सयपत्री तयार पार्ने गरेका छन्। केही दिनअघि मात्रै थोक व्यापारीलाई ८,००० थान सयपत्रीका माला बेचेका चितवनको कालिकाका गोविन्द बास्तोला लक्ष्मीपूजासम्म त्यति नै सङ्ख्यामा थप माला बजार पठाउने योजनामा छन्।

सरकारी निकायहरूले फूलमालाको विदेशबाट हुने आयातलाई निरुत्साहित गर्न थालेकोमा दङ्ग परेका उनीहरू नेपाली फूलका लागि बजार सुनिश्चित गर्ने कार्य चुनौतीरहित भने नरहेको बताउँछन्।

"काठमाण्डू महानगरले पोहोर पनि त्यसै भनेको थियो तर केही व्यापारीले भारतबाट पहिल्यै सयपत्रीको माला आयात गरेर भण्डारण गरिसकेकाले समस्या परेको थियो," सुनारले भने, "यसपालि त्यस्तो नहोला भन्ने आशा गरेका छौँ।"

महानगरका प्रवक्ता नवीन मानन्धरले आफ्नो कार्यालयले आयातित फूल रोक्न यसै साताबाट अनुगमन थालिसकेको जानकारी दिए। "केही व्यवसायीहरूले फूल आयात गरिसकेको कुरा अनुगमनका क्रममा हामीले पायौँ। त्यस्ता सामग्रीहरू जफत गरेका छौँ।"

फ्लोरिल्चर असोसिएशन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले "काठमाण्डू महानगरले जस्तै तदारुकता देखाउन अन्य स्थानीय तहहरूलाई पनि आग्रह गरिएको" बताए।

"सबै तहले यस्तै नीति लिएका खण्डमा दुई वर्षभित्र फूलको आयात लगभग रोकिन्छ। त्यसको लाभ स्वदेशी किसानहरूले पाउँछन्।"

प्लान्ट क्वारन्टीनले भने व्यावसायिक कारणले नभई "जैविक सुरक्षाका दृष्टिले" सयपत्रीको आयातमा कडाइ गर्दै आएको हो।

"हामीले शत्रुजीव जोखिम विश्लेषण गरेर त्यो उल्लङ्घन गर्नेलाई आयात हुन दिन्नौँ," उक्त कार्यालयका प्रमुख भोलाराज सापकोटाले बीबीसीसँग भने, "सयपत्री पनि त्यसमा पर्छ।"

माग र आपूर्तिको लेखाजोखा

तिहार नेपालमा फूल बिक्री हुने 'सीजन' हो। यस बेला खास गरी सयपत्री र मखमलीको माग बढ्छ। "यस पटक सयपत्रीका माला ४० लाखवटा र मखमलीका चार लाख वटासम्म बिक्री हुने आकलन गरेका छौँ," फ्लोरिल्चर असोसिएशनका श्रेष्ठले भने, "त्यो भनेको लगभग ४० करोड रुपैयाँजति मूल्य बराबरको हो।"

उनका अनुसार यसपालि मागको ९० प्रतिशत स्वदेशी उत्पादनले नै धान्छ। "खुला बजार भएकाले विदेशबाट आउँदै नआउने भन्ने चाहिँ हुँदैन।"

यस पटक सयपत्रीको मालाको खुद्रा मूल्य ८० रुपैयाँदेखि १०० रुपैयाँसम्म पर्ने श्रेष्ठले बताए। गोदावरीका कृषक सुनारका अनुसार उपत्यकामा ललितपुरका अलावा चितवन, सिन्धुली, दाङ, झापा र धादिङबाट सबैभन्दा धेरै सयपत्रीका माला बिक्रीका निम्ति ल्याइन्छ।

फूलमालाको बिक्रीका लागि महानगरपालिकाले विभिन्न ३२ वटा ठाउँ तोकेको छ।

"किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकून् भन्ने आफूले चाहेको" महानगरका प्रमुख शाहले हालैको एक फेसबुक पोस्टमा लेखेका थिए।

किसानका चिन्ता

फूल उत्पादक बास्तोलाका अनुसार यस पटक दशैँताका पानी धेरै परेकाले र तिहार पनि चाँडै परेकाले कतिपय किसानका बारीमा फूल तयार भइसकेको छैन।

"यसपालि सयपत्री मालाको माग निकै उच्च छ। मैले मात्रै झन्डै ३०,००० वटा मालाको 'अर्डर' पाएको छु," उनले भने, "तर फूलहरू तयार भइनसकेकाले आधाको हाराहारीमा मात्रै दिन सक्ने स्थिति छ।"

फ्लोरिकल्चर असोसिएशनका श्रेष्ठ "फूल नफक्रिएर अभाव हुन सक्ने चिन्ता रहेको तर फूल किनमेलको समय आउन अझै केही दिन बाँकी रहेकाले त्यो अवस्था नरहन सक्ने" आशा गरिएको बताउँछन्।

सयपत्री उत्पादक किसान महासङ्घका सचिव समेत रहेका बास्तोलाले आयात रोकिने तर स्वदेशी उत्पादनको आपूर्ति पनि पर्याप्त हुन नसके कालोबजारीको स्थिति आउने सक्ने चिन्ता व्यक्त गरे।

"थोक व्यापारीहरूले हामीसँग प्रतिगोटा ४०/४५ रुपैयाँमा लगेका माला पछि महँगोमा बजारमा पठाउन सक्छन्।"

फ्लोरिकल्चर असोसिएशनका श्रेष्ठ बजारमा त्यस्तो स्थिति आउन नदिन अनुगमनका निम्ति सरकारी संयन्त्रहरूसँग निकट सहकार्य भइरहेको दाबी गर्छन्।

विदेश पनि पठाइन्छ नेपालमा उत्पादित फूलका माला

कृषक बास्तोलाका अनुसार अघिल्लाअघिल्ला वर्षको तुलनामा देखिएको भिन्नता भनेको यस पटक विदेशमा रहेका नेपालीका निम्ति कृषकका फार्मबाटै सोझै ठूलो सङ्ख्यामा माला निर्यात हुन थालेको छ।

पहिलेको तुलनामा माला निर्यातको परिमाण पनि बढ्न थालेको उनले बताए।

"नमुनाका रूपमा ३०० थान सयपत्री माला बिहीवार कुवेत पठाएँ," बास्तोलाले भने, "हङ्‌कङबाट २,००० थान र दुबईबाट १,५०० थान मालाको 'अर्डर' पाएको छु।"

उनका अनुसार अन्य किसानले पनि उनले झैँ अमेरिका र यूकेसहित नेपालीहरूको उल्लेख्य बसोबास रहेका देशहरूमा माला पठाइरहेका छन्।

भन्सार विभागका एक अधिकारीले विभागमा माला निर्यातको भिन्दै अभिलेख नरहेको तर माला पनि 'ताजा फूल'कै वर्गमै परेको हुन सक्ने बताए।

"चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट ६ लाख ६४ हजार रुपैयाँको फूल निर्यात भएको छ," विभागका तथ्याङ्क अधिकृत मोहन पुडासैनीले भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending