Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

विप्लव नेतृत्वको नेकपा पार्टी एकताको पक्षमा

खबरडबली संवाददाता

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको हालै सम्पन्न बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । 

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत असोज २६ देखि ३० गतेसम्म बसेको बैठकका निर्णयहरू सार्वजनिक गरिएका हुन् ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिअनुसार नेकपाले नेपालमा प्रचलनमा रहेका ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचार, तस्करी र माफियातन्त्रमार्फत सञ्चित कालोधन नियन्त्रण गर्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने नेकपाको माग छ ।

बैठकले कृषि उत्पादनलाई अझ सुदृढ बनाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विगतदेखि नै उत्पादनसँग पार्टीलाई जोड्दै आएको नेकपाले यो वर्ष वर्षे बालीको उत्पादन अपेक्षाकृत राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित ढंगले अघि बढाउने निर्णय गरेको जनाएको छ ।

त्यस्तै, बैठकले हालै सम्पन्न जेनजी विद्रोह सफल भए पनि जेनजीहरू आफ्ना एजेन्डाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ । साथै, उक्त आन्दोलनपछि कम्युनिस्ट शक्तिहरूबीच एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता अझ बढेको निष्कर्षमा बैठक पुगेको छ ।

यसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध दलहरू, माओवादी घटकहरू र अन्य सबै कम्युनिस्ट पार्टीसँग छलफल र सहकार्य बढाउने तथा जहाँबाट सम्भव छ, त्यहाँबाट योगदान गर्न तयार रहने निर्णय गरेको जनाएको छ । एकताकाे पक्षामा आफुहरुले विप्लव नेतृत्वको नेकपाले सन्देश दिएकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा वन डढेलो नियन्त्रणका लागि दुईदिने डेमो तालिम

उदयपुर । वन डढेलोको जोखिम दिनानुदिन बढ्दै गएको सन्दर्भमा उदयपुरमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने डेमो तालिम तथा अभ्यास कार्यक्रम सम...

कृषकलाई प्रोत्साहन गर्न दूधमा रु १० अनुदान

तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।...

कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो

कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताक...

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्ट...

भाेजपुरमा विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम

भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शि...

ट्रयाक खुलेको १८ वर्षपछि बेनीको वैकल्पिक सडक स्तरोन्नति हुँदै

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएक...

इजरायलको स्वच्छ ऊर्जा प्रवर्द्धनमा नयाँ कदम

काठमाडाैँ । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय...

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्ष उम्मेदवारको खर्च सीमा क्षेत्रअनुसार फरक, कुनकाे कति ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको ...

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending