मोरोक्का । मोरोक्कोमा हाल जेन्जी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेन्जी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् ।
सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू, विशेषतः डीसकड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर सङ्गठित ढङ्गमा प्रदर्शन गरिरहेका छन् ।
यी युवाहरूको आक्रोश सरकारको प्राथमिकता र संसाधनको असमान वितरणप्रति हो । सरकारले सन् २०३० विश्वकपका लागि नयाँ स्टेडियमहरू बनाउन अर्बौं डलर खर्च गर्दैछ, तर ग्रामीण भेगमा अस्पतालमा डाक्टर छैनन्, सडक कच्ची छन् र विद्यालयहरू सुविधाविहीन छन् ।
आन्दोलनको दौरान हजारौं युवा सडकमा उत्रिएका छन् । धेरै स्थानमा झडप पनि भएका छन्, जसमा केहीको ज्यान गएको छ र सयौं युवाहरू पक्राउ परेका छन् । यति हुँदाहुँदै पनि युवाहरूको जोश र आवाज कमजोर भएको छैन । उनीहरूले राजा मोहम्मद ६ लाई खुला पत्र लेख्दै प्रधानमन्त्रीको राजीनामा, भ्रष्ट नेताहरूको कारबाही र सुधारको माग गरेका छन् ।
जेन्जी आन्दोलन मोरोक्कोमा मात्र सीमित छैन, यसले विश्वभरका युवाहरूमा पनि परिवर्तनको भावना जागृत गरिरहेको छ । यो आन्दोलन न्याय, समानता र उत्तरदायित्वको खोजीमा रहेको नयाँ पुस्ताको बलियो कदम हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १७:४२
उदयपुर । वन डढेलोको जोखिम दिनानुदिन बढ्दै गएको सन्दर्भमा उदयपुरमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने डेमो तालिम तथा अभ्यास कार्यक्रम सम...
पौष १४ गते, २०८२ - १७:३९
तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।...
पौष १४ गते, २०८२ - १७:३५
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताक...
पौष १४ गते, २०८२ - १७:३०
गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्ट...
पौष १४ गते, २०८२ - १७:२७
भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शि...
पौष १४ गते, २०८२ - १७:२४
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएक...
पौष १४ गते, २०८२ - १७:२२
काठमाडाैँ । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय...
पौष १४ गते, २०८२ - १७:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको ...
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...




प्रतिकृया लेख्नुहोस्: