कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको मंगलबार निरीक्षण गरेका छन् ।
त्यस अवसरमा उनले आगामी दिनमा सरकारले आयोजनालाई विशेष प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पोखरेलले भने, “फाप्ला आयोजनाको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) जस्ता प्राविधिक प्रक्रियाहरू सम्पन्न भइसकेका छन् । यो आयोजना राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउनेछ ।”
निरीक्षणका क्रममा उक्त क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाहीले परियोजना निर्माणबारे जानकारी गराएका थिए । उनले निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने भन्दै सरकारले प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरे।
धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डिपिआर, इआइए जस्ता प्राविधिक प्रक्रियाहरू गत असार महिनामा पूरा भई राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेको छ ।
निरीक्षण टोलीमा प्रतिनिधिसभाका सदस्य आनन्दबहादुर चन्द र केपी खनाललगायत सहभागी थिए । धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्षसमेत रहनुभएका निर्माण समितिका अध्यक्ष शाहीको नेतृत्वमा विगतमा धनगढीको फाप्ला मैदानमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि ‘ड्रिम फाप्ला’ अभियान अघि सारिएको थियो । खेलग्रामअन्तर्गत यहाँ अन्तरराष्ट्रिय मापदण्डअनुरुप ५० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण गरिने लक्ष्य छ।
यस्तै, रङ्गशालामा फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टी स्पोटर््स हल, स्पोटर््स म्युजियमलगाएतका पूर्वाधारहरू समावेश गरिने छन् । आयोजनाको लागत रु २६ अर्ब अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १७:२४
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...
चैत्र २४ गते, २०८२ - १७:१४
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...
चैत्र २४ गते, २०८२ - १७:०८
तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...
चैत्र २४ गते, २०८२ - १६:५७
काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...
चैत्र २४ गते, २०८२ - १६:५१
काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...
चैत्र २४ गते, २०८२ - १६:०६
कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...
चैत्र २४ गते, २०८२ - १५:५२
काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...
चैत्र २४ गते, २०८२ - १५:४२
काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...
चैत्र २४ गते, २०८२ - १५:३२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...
चैत्र २४ गते, २०८२ - १५:२३
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...


प्रतिकृया लेख्नुहोस्: