Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै

खबरडबली संवाददाता

गण्डकी । कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ । रुपा ताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० हजार किलोग्राम उत्पादन घटेको हो ।

विगत २४ वर्षदेखि रुपा तालको संरक्षण र पुनःस्थापनामा संलग्न सहकारीले ताल संरक्षणसँगै माछाको संरक्षण र उपयोग गर्दै आएको छ । गत वर्ष सहकारीले विभिन्न जातका ४० हजार ८५ केजी माछा उत्पादन गरेकामा यस वर्ष घटेर २१ हजार ९१० केजी मात्रै उत्पादन भएको हो ।

माछा उत्पादनमा कमी आएसँगै सहकारीको आम्दानीमा पनि ठूलो असर परेको सहकारीका निवर्तमान अध्यक्ष शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्ष रु एक करोड ७१ लाख ९७ हजार ६२४ बराबरको माछा बिक्री भएकामा यस वर्ष रु एक करोड आठ लाख ४६ हजार ९६६ बराबरको माछा बिक्री भएको छ ।

अघिल्लो वर्षको तुलनामा करिब रु ६० लाखको आम्दानी घटेको र यसमा वातावरणीय प्रभाव तथा चराको प्रकोप नै मुख्य कारण रहेको उनको बुझाइ छ । रुपा तालमा विशेषतः जाडोको समयमा आउने जलेवा चरा माछा उत्पादनमा कमी आउनुको प्रमुख कारक मानिएको छ । “हरेक वर्ष कात्तिकदेखि तीन/चार महिनाको समयमा रुपा तालमा जलेवा चरा आउने गरेका छन्।

‘हरेक याममा १५० देखि २५० को सङ्ख्यामा यी चरा आउने गरेका छन्’, निवर्तमान अध्यक्ष अधिकारीको भनाइ छ । जाडो याममा आउने जलेवाको बासस्थान भने पोखराको फेवाताल किनाराको रानीवन हो । रानीवनबाट बिहान ७:०० बजेतिर समूहमा आउने यी चरा दिनभर रुपा तालमा बसेर बेलुका पुनः रानीवन नै फर्कने गरेका छन् । अधिकारीका अनुसार यसरी आउने चराले करिब ९:०० बजेसम्म माछा खाएर दिनभरि ताल किनाराका रुखका मुडा तथा ठुटामा बस्ने गर्दछन् ।

विगतका वर्षमा असोज/कात्तिकको समयमा मात्र माछाका भुरा छोड्ने गरेकामा जलेवाको प्रकोपलाई दृष्टिगत गरी माघ÷फागुनको समयमा पनि भुरा छोड्न थालिएको छ । जलेवाले सकेसम्म भुरा माछा नै खाने भएकाले असोज कात्तिकमा केही मात्रामा छोडे पनि पुनः माघ फागुनमा पनि छोड्न थालिएको अधिकारीले जानकारी दिए ।

पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले माछाको सिकार गर्ने जलेवा सानो र ठूलो दुई प्रजातिको हुने र सानो जलेवाले समूहमा आएर साना माछा मात्रै खानसक्ने बताए । ठूलो जलेवाले भने ठूला माछाको पनि आहारा गर्ने गरेको उनले सुनाए ।

पोखरा र आसपासका जलाशयमा गरिएको पन्छी गणनाबाट हालसम्म १०६ प्रजातिका जलचरा अभिलेख गरिएको उनले जानकारी दिए । ‘हिउँदको समयमा जलचरा विशेषतः साइवेरिया, मङ्गोलियाबाट यस क्षेत्रमा जाडो छल्न आउँछन्। कात्तिकदेखि आउने यी चराहरू माघसम्म यहाँ रहेर पुनः आफ्नै बासस्थान फर्कने गर्दछन्’, अध्यक्ष घिमिरेले बताए ।

जलचराहरू पोखराका फेवाताल, कमलपोखरी तालसहित लेखनाथ क्षेत्रका बेगनास ताल, रुपा ताल, खास्टे ताल, गुँदे ताल, न्युरेनी ताल, मैदी ताल, दिपांग ताल आदिमा जाने गरेको छन्। पोखरा आसपासमा आउने ग्रीष्मकालीन चराहरू भने बच्चा कोरल्नका लागि आउने गरेको छन् ।

ग्रीष्मकालीन समयमा भारतीय उपमहाद्वीपको तल्लो तटीय क्षेत्रबाट गर्मी छल्नका लागि पनि चराहरू आउने गरेको पन्छी समाजले जनाएको छ । तालको संरक्षण र उपयोगको लक्ष्यका साथ विसं २०५८ मा ३६ जना अग्रजको पहलमा स्थापना भएको सहकारीले हालसम्म ताल क्षेत्रभित्र बसोबास गर्ने स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन निरन्तर प्रयास गर्दै आएको छ ।

‘एक घर, एक परिवार–समान सेयर, समान मुनाफा’ को नीतिअनुसार सहकारीले हाल एक हजार ४९ सेयर सदस्य समेट्दै रु चार करोड १८ लाख ४० हजारको सेयर पुँजी सङ्कलन गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE