Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

तिहारमा अधिकांश दिन मौसम सफा रहेपनि केही पहाडी क्षेत्रमा फाटफुट वर्षा र हिमपातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । आगामी पाँच दिन चल्ने तिहार पर्वको समयमा देशभर सामान्य रूपमा मौसम स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तिहारको अवधिभर कुनै ठूला मौसम प्रणालीको प्रभाव नपर्ने भएकाले अधिकांश स्थानमा आकाश सफा रहनेछ। तर, पश्चिमी वायुको कारण केही पहाडी र हिमाली भूभागमा आंशिकदेखि साधारण बदली र हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार: 

कात्तिक ३ गते (लक्ष्मीपूजा) : देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ।

कात्तिक ४ गते : पहाडी भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा फाटफुट वर्षा हुनसक्नेछ।

कात्तिक ५ गते : देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा सफा मौसम रहनेछ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना छ।

कात्तिक ६ गते (भाइटीका) : कोशी र मधेस प्रदेशसहित देशका केही पहाडी भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

समग्रमा हेर्दा तिहारको समय मुख्यतया उज्यालो र स्थिर मौसम रहने देखिन्छ। यात्रु, पर्व मनाउने तथा बजार–व्यवसाय सञ्चालन गर्नेहरूका लागि मौसम अनुकूल हुने महाशाखाले जनाएको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending