Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

खबरडबली संवाददाता

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएको छ। जसपा नेता राजकिशोर यादवले राष्ट्रिय राजनीतिमा बढ्दो ध्रुवीकरण र बलियो वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस भएपछि एकता गरिएको बताएका छन्।

यादवका अनुसार विगतमा विभाजनका कारण मधेशी राजनीतिक आन्दोलन कमजोर बनेको अनुभवबाट पाठ सिक्दै अब भावनात्मकभन्दा पनि कसिलो र दह्रो संगठन निर्माणतर्फ दलहरू अघि बढेका हुन्। “विगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धतासहित हामी एकतामा गएका छौँ,” उनले भने।

एकताको मोडालिटी प्रमुख नेतृत्वबीच समन्वय गरेर तय गरिने बताइएको छ। समानुपातिक उम्मेदवार चयन प्रक्रिया छिटो अघि बढाइने र चुनाव चिन्ह तथा सूची व्यवस्थापन जसपाकै नामबाट हुने तयारी छ। कार्यकर्ताको भावनालाई सम्मान गर्दै दुबै पक्षलाई समेटेर अघि बढ्ने सहमति भएको यादवले जानकारी दिए।

उनले जसपाबाट अलग भएका रेणुदेवी यादव समूह एकतामा फर्किन लागेको र अशोक राई समूहसँग पनि छलफल जारी रहेको खुलासा गरे। “आजै अर्को समूह पनि यो प्रक्रियामा सामेल हुँदैछ,” यादवले बताए।

यादवले जनमत पार्टीलगायत पहिचान र परिवर्तन पक्षधर शक्तिहरूसँग पनि भविष्यमा एकता वा मोर्चाबन्दीको सम्भावना रहेको संकेत गरे। मुलुक गम्भीर सङ्कटको चरणमा रहेकाले वैकल्पिक शक्ति निर्माण अपरिहार्य भएको उनको भनाइ छ।

जेन–जी आन्दोलनपछि घोषित निर्वाचनको मिति नजिकिँदै जाँदा मधेशमा फेरि राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको विश्लेषण भइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...

इरानको आणविक भण्डार नियन्त्रणबारे ट्रम्प प्रशासनभित्र छलफल

काठमाडौं। अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...

११ वर्ष जेल बसेर छुटेका व्यक्ति पुनः चोरीमा पक्राउ

काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...

इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’

काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...

बिहारबाट भित्रिएको वर्षा प्रणाली : चितवन र आसपासमा बढी प्रभावको अनुमान

काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...

रोशी खोलामा बाढी पस्दा बिपी राजमार्ग अवरुद्ध

काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।  जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...

ढोरपाटनमा भारी हिमपात

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...

आज देशभर अधिकांश बादल लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: