Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

खबरडबली संवाददाता

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। आयोगले तोकेको समयसीमा अनुसार सोमबार कार्यालय समयभित्र बन्दसूची पेस गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुटेका छन्।

नेपाली कांग्रेसले दिउँसो १ बजेपछि बन्दसूची बुझाउने तयारी गरेको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार जिल्लाबाट आएका सूची एकीकृत गरेर आयोग पुग्ने तयारी भइरहेको छ। नेकपा एमाले पनि अपराह्न मात्रै आयोग जाने भएको छ। निर्वाचन विभाग प्रमुख नीरज आचार्यले क्लस्टर अनुसार नाम मिलाउने काम जारी रहेकाले ४ बजेपछि आयोग जाने जानकारी दिए।

नेपाली कम्युनिस्ट पार्टीले साँझ ५ बजे आसपास सूची बुझाउने तयारी गरेको छ। नेता रामकुमार भट्टराईका अनुसार आवश्यक प्रक्रियाहरू मिलाउन समय लागिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि अपराह्न मात्रै आयोग जाने तयारीमा छ। सहमहामन्त्री विपिन आचार्यले प्राइमरी इलेक्सन, पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीका नतिजा समेट्नुपर्ने भएकाले समय लागेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्दसूची टुङ्ग्याउन बिहान ११ बजे बैठक बोलाएको छ। बैठकपछि क्लस्टर मिलाएर नामावली तयार गर्नुपर्ने भएकाले अपराह्न मात्रै आयोगमा सूची बुझाइने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपासँग आन्तरिक छलफलमा रहेकाले सहमति नजुटे छुट्टै सूची बुझाउने तयारीमा छ। यसबाहेक अन्य राजनीतिक दलहरू पनि बन्दसूची बुझाउन अन्तिम तयारीमा छन्।

निर्वाचन कार्यक्रमअनुसार आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने प्रक्रिया सुरु भएको थियो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन ९३ वटा राजनीतिक दलले निवेदन दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

हुम्ला  । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...

प्रदेशसभामा बोल्न नदिएको भन्दै पूर्वमुख्यमन्त्री शर्माको असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य, कतिमा हुन्छ बिक्री ?

चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...

ग्यास आपूर्ति कडाइको असर : भारतबाट नेपाली मजदुर स्वदेश फर्किन थाले

सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...

निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: