काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। आयोगले तोकेको समयसीमा अनुसार सोमबार कार्यालय समयभित्र बन्दसूची पेस गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुटेका छन्।
नेपाली कांग्रेसले दिउँसो १ बजेपछि बन्दसूची बुझाउने तयारी गरेको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार जिल्लाबाट आएका सूची एकीकृत गरेर आयोग पुग्ने तयारी भइरहेको छ। नेकपा एमाले पनि अपराह्न मात्रै आयोग जाने भएको छ। निर्वाचन विभाग प्रमुख नीरज आचार्यले क्लस्टर अनुसार नाम मिलाउने काम जारी रहेकाले ४ बजेपछि आयोग जाने जानकारी दिए।
नेपाली कम्युनिस्ट पार्टीले साँझ ५ बजे आसपास सूची बुझाउने तयारी गरेको छ। नेता रामकुमार भट्टराईका अनुसार आवश्यक प्रक्रियाहरू मिलाउन समय लागिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि अपराह्न मात्रै आयोग जाने तयारीमा छ। सहमहामन्त्री विपिन आचार्यले प्राइमरी इलेक्सन, पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीका नतिजा समेट्नुपर्ने भएकाले समय लागेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्दसूची टुङ्ग्याउन बिहान ११ बजे बैठक बोलाएको छ। बैठकपछि क्लस्टर मिलाएर नामावली तयार गर्नुपर्ने भएकाले अपराह्न मात्रै आयोगमा सूची बुझाइने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपासँग आन्तरिक छलफलमा रहेकाले सहमति नजुटे छुट्टै सूची बुझाउने तयारीमा छ। यसबाहेक अन्य राजनीतिक दलहरू पनि बन्दसूची बुझाउन अन्तिम तयारीमा छन्।
निर्वाचन कार्यक्रमअनुसार आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने प्रक्रिया सुरु भएको थियो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन ९३ वटा राजनीतिक दलले निवेदन दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: