काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्।
सोमबार आयोगमा उपस्थित भएका लेखकले प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको जिकिर गरेका छन्। आयोगलाई बुझाइएको ६ पृष्ठ लामो लिखित बयानमा उनले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा ‘कुनै हताहती ९क्याजल्टी० नहोस् र संयमता अपनाउनू’ भनी स्पष्ट निर्देशन दिएको दाबी गरेका छन्।
उनले सुरक्षा निकायको अपरेसनल कार्यमा मन्त्रीले हस्तक्षेप नगर्ने र कानुनले पनि त्यस्तो अधिकार नदिएको उल्लेख गरेका छन्।
पूर्वगृहमन्त्री लेखकले जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित सुरु गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्रविरोधी तत्त्वले ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको जिकिर गरेका छन्। संसद् भवन, सर्वोच्च अदालत र आफ्नै निजी निवासलगायत स्थानमा भएको आगजनीलाई उनले ‘सुनियोजित षड्यन्त्र’ तथा ‘लोकतन्त्रमाथिको आक्रमण’ को संज्ञा दिएका छन्।
घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएको र नैतिकताको आधारमा तत्कालै पदबाट राजीनामा दिएको उनले स्मरण गराएका छन्। आगजनीका क्रममा आफ्नै घरका ऐतिहासिक दस्ताबेज नष्ट भएको र बिरामी आमालाई अक्सिजनबिना अस्पताल लैजानुपर्दा केही दिनपछि उनको निधन भएको दुखद प्रसङ्ग पनि उनले बयानमा उल्लेख गरेका छन्।
यसैगरी लेखकले आयोगको सिफारिसमा सरकारले आफूलाई जानकारी नदिई तीन महिनादेखि राहदानी रोक्का गर्नुका साथै काठमाडौँ उपत्यकाबाहिर जान प्रतिबन्ध लगाएकोप्रति आपत्ति जनाएका छन्। आफूलाई सफाइको मौका समेत नदिई गरिएको यो निर्णय ‘विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तविपरीत’ भएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: