मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु हुनुका साथै ९८ जना घाइते भएको मेक्सिकन नौसेना सचिवालयले जनाएको छ ।
तेहुआनटेपेकको इस्थमसको इन्टरओसेनिक कोरिडोरको निरीक्षण गर्ने मेक्सिकन नौ सेनाले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनाको समयमा लाइन जेडमा रहेको रेलमा करिब २५० यात्रु सवार थिए । घाइते ९८ जना यात्रु मध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रुलाई सामान्य उपचार पछि घर फर्कियसँगै १३९ जना यात्रु खतरा मुक्त भएको बताइएको छ ।
नौ सेनाले घटनामा ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितलाई तत्काल सहायता प्रदान गर्न जिम्मेवारीपूर्वक, पारदर्शीरूपमा र कानूनको पूर्ण अनुपालन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको छ । आपतकालीन प्रतिक्रियालाई समर्थन गर्न ३६० नौ सेना कर्मी, २० सवारी साधन, चार ग्राउन्ड एम्बुलेन्स, तीन एयर एम्बुलेन्स र एक रणनीतिक ड्रोन तैनाथ गर्दै विस्तृत खोजी र उद्धार अभियान सुरु गरिएको नौ सेनाले जनाएको छ ।
अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन र पीडित र उनीहरूका परिवारलाई सहयोग गर्न सम्बन्धित एजेन्सीसँग समन्वयमा काम गर्न जारी राख्ने बताएका छन् । दुर्घटनापछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम पार्डोले नौ सेना र आन्तरिक सचिवालयका अधिकारी र मानव अधिकारकर्मीलाई दुर्घटना स्थलमा गएर प्रभावित परिवारलाई भेट्न निर्देशन दिएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १६:२१
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...
चैत्र २१ गते, २०८२ - १६:०७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...
चैत्र २१ गते, २०८२ - १६:०२
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी का...
चैत्र २१ गते, २०८२ - १५:३९
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १४:३९
मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको...
चैत्र २१ गते, २०८२ - १४:२०
झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...
चैत्र २१ गते, २०८२ - १४:१२
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...
चैत्र २१ गते, २०८२ - १३:५०
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...


प्रतिकृया लेख्नुहोस्: