Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

खबरडबली संवाददाता

भक्तपुर । मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन थालेपछि तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएको छ । फूलखेती हुने भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले व्यापारी घरमै आउन थालेपछि राम्रो मूल्य पाएका छन् । 

आइतबारदेखि तिहार सुरु हुँदैछ । शनिबारदेखि तिहारको धनतेरस सुरु भएपछि बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । 

व्यापारी बजारमा एउटा मखमलीको माला रु ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानले शुक्रबारसम्म मखमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा बिक्री गरेकामा शनिबारदेखि किसानले प्रतिमाला रु ३० देखि ३५ मा बिक्री गरिरहेका छन् । 

गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले शनिबारदेखि किसानसँग आफूले मखमली फूलको प्रतिमाला रु ३० दखि रु ३५ मा किनेको बताए । 

सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण–९ ताथलीका वनमालाले पनि मखमलीको प्रतिमाला रु ३० मा बिक्री गरेको बताए । 

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता फूल तथा माला बिक्री गर्दै आएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताइन् । व्यापारी र बिचौलिया नै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरघरबाट फूलमाला उठाउन थालेको उनको भनाइ छ । 

स्थानीय उर्मिला नगरकोटी यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउँछिन् । उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको छ ।

स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाखको आम्दानी गरेको बताइन् । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उनले बताइन् । 

सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा करिब तीन पाथीभन्दा बढी हुन्छ । हाल एक ढ्वाङको मूल्य रु सात सयसम्ममा बिक्री भइरहेको छ । यहाँबाट एकै घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् । 

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला ७० रुपैयाँमा बिक्री गरेको बताउँछन् । 

यस वर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन नै नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए । उनले टनेलबाहिर खुला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्यवृद्धि भएको बताए । व्यापारीले सयपत्री फूलको माला भने लम्बाइको साइजअनुसार प्रतिगोटा रु १५० देखि ८०० सम्ममा बिक्री गरेको उनी बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending