बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बुडापेस्टमा आयोजना गर्न लागिएको अमेरिका-रुस शिखर सम्मेलन सम्बन्धमा छलफल गर्न शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणबारे आफ्नो पछिल्लो टिप्पणीका क्रममा दुई साताभित्र बुडापेस्टमा पुटिनसँग भेटघाट गर्ने अपेक्षा व्यक्त गरेका थिए । सो भेटले सम्भावित शान्ति सम्झौता तर्फको मार्ग खुल्ने आशा गरिएको छ ।
प्रधानमन्त्री ओर्बान युरोपेली सङ्घ (इयु) भित्र ट्रम्प र पुटिनका सबैभन्दा नजिकका सहयोगी मानिन्छन् । उनले युक्रेनका लागि पश्चिमी मुलुकको समर्थनको बारम्बार आलोचना गर्दै आएका छन् । “म आज बिहान दिउँसो अघि राष्ट्रपति पुटिनसँग कुरा गर्ने छु”, उनले शुक्रबार राज्य रेडियोसँगको अन्तर्वार्तामा भने ।
राष्ट्रवादी विचारधाराका नेताले बुडापेस्टलाई आज युरोपमा ‘शान्तिका लागि सम्भावनायुक्त एक मात्र ठाउँ’ का रूपमा चित्रित गरे । उनका अनुसार हङ्गेरीले निरन्तर शान्तिपूर्ण नीति अपनाउँदै आएको छ र यही कारण यस्तो उच्चस्तरीय वार्ताको आयोजना गर्न उपयुक्त स्थल बनेको हो ।
तर बुडापेस्टलाई शिखर सम्मेलन स्थलका रूपमा छनोट गरिनुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) द्वारा पुटिनमाथि जारी गरिएको गिरफ्तारी वारेन्टलाई बेवास्ता गरेको टिप्पणी पनि उब्जाएको छ । हङ्गेरीले आइसिसीबाट बाहिरिने घोषणा गरिसकेको भए पनि औपचारिक रूपमा सन् २०२६ सम्म अझै सदस्य राष्ट्र नै रहन्छ ।
हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्टोले फेसबुकमार्फत बिहीबार राति अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर लान्डाउ र रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग पनि वार्ता गरेको जानकारी दिए । सन् २०१० देखि सत्तामा रहनुभएका प्रधानमन्त्री ओर्बानले ९५ लाख जनसङ्ख्या भएको आफ्नो देशलाई ‘विश्वसनीय र वफादार साझेदार’ का रूपमा वर्णन गर्दै हङ्गेरी सधैँ आफ्ना मित्र राष्ट्रको पक्षमा उभिएको दाबी गरे ।
तर इयुका नेतामा ओर्बानको कदमले चिन्ता पैदा गरेको छ । उनले युक्रेनमा हतियार पठाउन अस्वीकार गर्दै इयुको एकतालाई कमजोर बनाउँदै आएका छन् । साथै किएभको इयु सदस्यता प्रयासलाई निराश पार्दै र रूसमाथि कडा प्रतिबन्ध लगाउने प्रस्तावमा बारम्बार आपत्ति जनाउँदै आएका छन् ।
गत जुलाईमा ओर्बानले इयुको घुम्ती अध्यक्षता ग्रहण गरेलगत्तै किएभ, मस्को र बेइजिङको भ्रमण गरेका थिए । सो क्रममा उनले तत्कालीन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई समेत भेटी आफ्नो पहललाई ‘शान्ति मिसन’ का रूपमा चित्रण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: