ओखलढुङ्गा । ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ देखि चालु आव २०८२–८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उनले बताए ।
गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो । चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा चार र मोलुङ गाउँपालिकामा दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी पोखरेलले बताए ।
चालु आव २०८२–८३ मा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई जना तथा सुनकोशी गाउँपालिकाका एक जनामा क्षयरोग सङ्क्रमण देखिएको छ । नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् । स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ ।
पछिल्लो समय कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सूचना अधिकारी पोखरेलले बताए । जिल्लाभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सचेतना र जाँच तथा उपचार सेवाको पहल गर्न स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: