Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

चितवनमा गत वर्षको तुलनामा विद्युतीय सामग्रीको व्यापार घट्यो

खबरडबली संवाददाता

चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार आधा घटेको बताउछन्। पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ । 
     
लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।”
 
पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ ।
     
विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताए। 

नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् । तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताए । “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौँ । अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोबार भएकामा यस वर्ष रु पाँचदेखि छ करोडको व्यवसाय हुने अनुमान गरिएको छ । व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र विद्युत्को काम गर्ने प्राविधिकले समेत काम नपाउने अवस्था छ”, उनले भने । 
 
विद्युतीय सामग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्लामध्ये एक पर्दछ । काठमाडौँ, पोखरालगायत सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको सङ्घमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्वी चितवनमा विद्युत् व्यवसायी सङ्घमा रहेका १४३ जना व्यवसायीलेसमेत व्यवसाय हुन नसकेको गुनासो गरेको उनले सुनाए । दसैँअघि भएको जेनजी आन्दोलनको  प्रभाव व्यवासयमा परेको उनले बताए ।
 
विद्युत् व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्षअघि जति पनि व्यापार नभएको बताए । उनको भनाइमा १० वर्षअघि विदेशबाट रु ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेकाले हरेक वर्ष बढ्नुपर्नेमा उल्टै घट्दै गएपछि व्यवसायीहरू निराश भएका छन् ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending