काठमाडौं । कैलालीको जानकी गाउँपालीका–९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । उनीहरुले आपसी मिलेमतो तथा योजनामा आफ्नो पद ओहदाको दुरुपयोग गरी मृत्यु भई दर्तासमेत गरिसकेका व्यक्तिहरुलाई प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीमा नवीकरण गरे गराई सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको अभिलेखमा समावेश गराएको, एक व्यक्तिको नागरिकता नम्बरबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको रुपमा अभिलेख राखेको, नवीकरण नै नभएका व्यक्तिहरुसमेत लाभग्राहीको रुपमा अभिलेख देखाई देखाउन लगाई उक्त अभिलेखहरुको सक्कल कागजातमा लाभग्राहीको दस्तखत/औठाछाप आफैंले गरेको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष भण्डारीसहित तत्कालीन वडा सचिव प्रेम बहादुर बुढा, जानकी गाउँपालिका वडा नंं ९ का कार्यालय सहयोगी सोनम कठरिया, जानकी गाउँपालिका वडा नं. ९ का तत्कालीन खरिदार पूर्ण बहादुर विष्ट, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल र शेर बहादुर विश्वकर्मालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । तत्कालीन वडासचिज बुढाले दाहिने हातको बुढी औलाको औठाछाप २८० थान, माझी औंलाको औठाछाप १९९ थान गरी जम्मा ४७९ थान औठाछाप गरेको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको बताइएको छ ।
त्यस्तै, कार्यालय सहयोगी कठरियाले दायाँ हातको बुढी औलाको औठाछाप जम्मा २०४ थान लगाएको पाइएको छ । उनीहरुले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नै नआएका लाभग्राहीहरु भनिएका व्यक्तिहरुको नवीकरण भएको झुट्टा कागजात तयार गरी बजेट प्राप्त गरी गराई बैक खातामा रकम निकासासमेत गरे गराएको पाइएको अख्तियारको भनाइ छ ।
उनीहरुले आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ को दोश्रो चौमासिकसम्म ६८३ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्तामा जम्मा ७३ लाख ३७ हजार ६ सय २७ अनियमितता गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: